२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सुनजस्तो देखिने धातुसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • बुटवल ।सुनजस्तो देखिने धातुसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१५ स्वयम्भू घर भएकी ५८ वर्षीया मैयाँ तामाङ गुरुङ रहेकी छन् । 

    थाई एयरको उडानद्वारा बैङकबाट काठमाडौं आएकी गुरुङलाई सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेट नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    उनको साथबाट सुनजस्तो देखिने धातुको रिङ १६ थान, सुनजस्तो देखिने धातुको टुक्रा ५ थान, सिक्री १ थान, औँठी १ थान र बाला १ थान गरी करिब ९८ ग्राम तौलको सुनजस्तो देखिने धातु बरामद भएको प्रहरीले जनाएको छ। 

    मैयाँले यी सामान अवैध रूपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारेर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  पक्राउ परेकी मैयाँलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij