२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

इजरायली राष्ट्रपतिसँग नेपाली राजदूतको टेलिफोन संवाद, विपिन जोशीबारे छलफल

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, माघ २३ २०८१
बुधवार, माघ २३ २०८१
  • काठमाडौं । इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायलका राष्ट्रपति इसहाक हर्जोगसँग टेलिफोन संवाद गरेका छन् ।

    मंगलबार अपराह्न राजदूत पण्डितले त्यहाँका राष्ट्रपति हर्जोगसँग संवाद गरेको परराष्ट्रमन्त्रालयले विज्ञप्ति जारी गरेर बताएको छ ।

    संवादका क्रममा राष्ट्रपति हर्जोगले इजरायलले नेपाली विद्यार्थी विपिन जोशीसहित हमासले बन्धक बनाएकाहरुको उद्धारका लागि सबै प्रयासहरु लगाइरहेको भनेको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।

    गएको २१ असोज २०८० मा प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा आक्रमण गर्दा १० जना नेपाली मारिएका थिए । हमासले आक्रमण गरेको गाजा क्षेत्र नजिक किबुज अलुमिममा रहेको बंकरमा १६ नेपाली थिए ।

    तीमध्ये १० जना मारिएका थिए भने एक जना विपिन जोशीलाई हमासले बन्धक बनाएको थियो ।

    बंकरमा रहेर घाइते भएका धनबहादुर चौधरीले अनलाइनखबरलाई बताएअनुसार, आक्रमणका क्रममा हमासका लडाकुहरुले बंकरतिर ग्रिनेड हानेपछि जोशीले समातेर बाहिर फ्याँकेका थिए । त्यसपछि लडाकुहरुले जोशीलाई कब्जामा लिएका थिए ।

    चौधरीसहित इजरायलमा रहेका विद्याथीहरुलाई पछि सरकारले उद्दार गरेर विशेष विमानमार्फत काठमाडौं ल्याएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij