२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बुटवलका थप ३१ स्थानमा हाईमाष्ट लाईट जडान सूरु

बुटवलका थप ३१ स्थानमा हाईमाष्ट लाईट जडान सूरु

बुटवलका थप ३१ स्थानमा हाईमाष्ट लाईट जडान सूरु

बुटवलका थप ३१ स्थानमा हाईमाष्ट लाईट जडान सूरु

बुटवलका थप ३१ स्थानमा हाईमाष्ट लाईट जडान सूरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, माघ २४ २०८१
बिहिवार, माघ २४ २०८१
  • बुटवल। बुटवलको थप ३१ स्थानमा हाईमष्ट लाईट जडान गर्नका लागि काम सूरु भएको छ। बुटवल उपमहानगरपालिकाको एक करोड ३० लाख र संघिय सरकारबाट समपुरक अनुदानबाट प्राप्त ३ करोड ५१ लाख गरी करिव साढे चार करोड रकमबाट बुटवलका बिभिन्न स्थानमा हाईमष्ट लाईट जडान गर्न थालिएको हो।

    उज्यालो सहरको नारा दिएर यसअघि बुटवलका बिभिन्न स्थानमा हाईमष्ट लाईट जडान गरेको बुटवल उपमहानगरले थप ३१ स्थानमा हाईमस्ट लाईट जडान गर्ने कार्य सूरु गरेको हो। हाईमाष्ट लाईट जडानका लागि त्रिसन्धा सेफ स्टील्सले ४ करोड ४३ लाखमा ठेक्का लिएको छ। 

    बुटवलको मुख्य चोकको रुपमा रहेको ट्राफिक चोकमा जडान गर्ने हाईमष्ट लाईटको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे र उप प्रमुख सावित्रादेवि अर्यालले सयुंक्त रुपमा सिलान्यास गरे। 

    सिलान्यास समारोहमा बोल्दै नगरप्रमुख पाण्डेले अव बुटवलको सौन्दर्यकरण र रात्रीको समयमासमेत उज्यालो सडक बनाउने अभियान सूरु भएको बताए। 

    उनले बुटवलको सौन्दर्यकरण र ब्यवस्थीत सहकरीकरणका लागि सबैको साथ रहेको बताउदै उनले बुटवलका बिभिन्न स्थानमा सार्वजनिक सौचालय, सिसिटिभी क्यामराको जडान, प्रतिक्षालय र ब्यवस्थीत सडकको निर्माण गरिने बताए। 

    पाण्डेले बुटवलको योगिकुटी, राजमार्ग चौराह, अस्पताललाईन र गोलपार्कमा ट्राफिक लाईट जडान गर्ने प्रक्रिया सूरु भएको बताए। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij