२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

कालिकाका १३ सय ६४  छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप

कालिकाका १३ सय ६४  छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप

कालिकाका १३ सय ६४  छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप

कालिकाका १३ सय ६४  छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप

कालिकाका १३ सय ६४  छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, माघ २४ २०८१
बिहिवार, माघ २४ २०८१
  • बुटवल, माघ । बुटवल १० कालिकानगरमा रहेको कालिका मानवज्ञान माविका छात्राहरुलाई पाठेघरको मुखको क्यान्स विरुद्धको खोप(एचपीभी) प्रदान गरिएको छ ।

    बुटवल उपमहानरपालिकाको आयोजानमा बुधवार विद्यालयमा एक  विशेष कार्यक्रमको आयोजना गरी खोप प्रदान गरिउको हो । राष्ट्रव्यापी खोप अभियान अन्र्तगत विद्यालयमा  कक्षा ६ देखि १० सम्म् अध्यायरत १ हजार ३ सय ६४ जना  छात्राहरुलाई  बुधवार खोप प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिए ।  कालिका मानवज्ञान माविको सेक्टर २ रामनगरमा भने मंगलबार नै यो  खोप प्रदान गरिएको  सेक्टर २ का ईन्चार्ज कृष्ण गौतमले  जानकारी दिए ।

    बुधवार आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै  बुटवल उपमहानपालिकाका प्रमुख खेलराज पाण्डेयले कुनै पनि विद्यार्थी आर्थिक अभावमा अध्यायन गर्न बाट बन्चीत हुने अवस्था नआउन दिनको लागि  नगरपालिकाले काम गर्दै आएको बताएका थिए । उनले कुनै पनि विद्यार्थीलाई आर्थिक अभावको कारण शिक्षाबाट बञ्चीत हुन नपर्ने यसको सबै व्यवस्था बुटवल उपमहानरपालिकाले  प्रदान गर्ने समेत प्रतिवद्धता जनाएका थिए ।

    अहिलेका किशोरीहरु भविश्यका आमा समेत भएको भन्दै उनले अहिले नै प्रणाघातक रोगको रुपमा रहेको  पाठेघरको क्यान्सबाट बच्नको लागि सरकारले नै  अर्को  बर्ष देखि नियमित खोप कार्यक्रममा समावेश गरेर राम्रो काम गरेको समेत बताएका थिए ।

    कार्यक्रममा  बुटवल उपमहानरपालिका  जनास्वाथ्य  महाशाखा प्रमुख युवराज पाण्डेले पाठेघरको मुखको क्यान्स विरुद्धको खोप पूर्णरुपमा सुरक्षित भएको कारण  निर्धक्क भएर लगाउनको लागि आग्रह गरेका थिए ।  

    उक्त कार्यक्रममा अनुगमनको रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली,  विद्यालयका सहायक प्रधानाध्यापक पिताम्बर बन्जाडे, सहित डब्लु एचओका प्रतिनिधी डा. राजेश सम्बरजिओ पाण्डव,  डब्लुएचओका आर्यपीडी टिम लिेर डा. जीवीलन्डर सिंह, एनपीओ पीएमई  विनोद गुप्ता, सुदन ज्ञवाली, डा. पवन उपाध्यक्ष, डा. सागर तिवारी लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij