२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

परमानन्द खरेल स्मृति पत्रकारिता पुरस्कार अध्यक्ष चापागाईंलाई

परमानन्द खरेल स्मृति पत्रकारिता पुरस्कार अध्यक्ष चापागाईंलाई

परमानन्द खरेल स्मृति पत्रकारिता पुरस्कार अध्यक्ष चापागाईंलाई

परमानन्द खरेल स्मृति पत्रकारिता पुरस्कार अध्यक्ष चापागाईंलाई

परमानन्द खरेल स्मृति पत्रकारिता पुरस्कार अध्यक्ष चापागाईंलाई
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, माघ २५ २०८१
शुक्रवार, माघ २५ २०८१
  • बुटवल । सिद्धार्थ पब्लिकेशन प्रालिका अध्यक्ष मोहन चापागाईंलाई परमानन्द खरेल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।प्रेस चौतारी नेपाल रुपन्देहीले यसवर्षदेखि यो पुरस्कार प्रदान गर्न लागेको पहिलाे पुरस्कार चापागाईंलाई प्रदान गर्न लागिएकाे हाे । 

    प्रेस चौतारी नेपाल रुपन्देहीले संगठनका पूर्व जिल्ला अध्यक्ष एवं पुर्व केन्द्रीय उपाध्यक्ष चापागाईंलाई यही माघ २८ गते हुने संगठनको आठौं जिल्ला अधिवेशनको दिन उक्त पुरस्कार प्रदान गरिने संगठनका जिल्ला अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए ।

    नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त पुरस्कार प्रदान गर्ने छन् । चौतारीले यसअघि गठन गरेको पुरस्कार छनोट समितिको सिफारिस अनुसार उक्त पुरस्कार दिने निर्णय गरिएको हो ।

    चापागाई सामुदायिक रेडियो प्रसारक संघका पुर्व  अध्यक्ष समेत हुन् । उनले सामुदायिक रेडियोहरुको संस्थागत विकासमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् ।

    यस्तै प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कारबाट भैरहवाका पत्रकार शंकर पाण्डे पुरस्कृत हुने भएका छन् । संगठनका केन्द्रीय सदस्य रहेका उनी रुपन्देही एफएमको स्टेशन म्यानेजर समेत रहेका छन् ।

    सोही क्रममा दुर्गा खनाल स्मृति पत्रकारिता पुरस्कारबाट रुपन्देहीको देवदहका गोविन्द घर्तीलाई पुरस्कृत गर्ने निर्णय गरिएको संगठनका जिल्ला अध्यक्ष पौडेलले जानकारी दिए ।

    बैठकले संगठनको आठौं जिल्ला अधिवेशनलाई भव्यतापुर्व सफल बनाउने निण्र्णय पनि गरेको छ । अधिवेशनको अवसरमा संगठनदे प्रकाशन गरेको चौतारी सन्देश नामक स्मारिकाको समेत विमोचन गरिने छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij