२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

हमासले आज थप तीन बन्धक रिहा गर्दै

हमासले आज थप तीन बन्धक रिहा गर्दै

हमासले आज थप तीन बन्धक रिहा गर्दै

हमासले आज थप तीन बन्धक रिहा गर्दै

हमासले आज थप तीन बन्धक रिहा गर्दै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, माघ २६ २०८१
शनिवार, माघ २६ २०८१
  • काठमाडौं ।  हमासले आज थप तीनजना इजरायली बन्धकलाई रिहा गर्ने जानकारी दिएको छ ।  इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताअन्तर्गत पाँचौं चरणमा हमासले तीन इजरायली बन्धक रिहा गर्न लागेको हो ।

    हमासले रिहा गर्ने तीन जनाको नाम सार्बजनिक भएको छ । हमासले आज रिहा गर्नेमा ५६ वर्षीय ओहद बेन अमी, ५२ वर्षीय एली शराबी र ३४ वर्षीय ओर लेभी रहेको बीबीसीले उल्लेख गरेको छ ।

    यसमध्ये अमी र शराबीलाई अक्टोबर २०२३ को अक्टोबर ७ मा हमासद्वारा गरिएको हमलामा किबुत्ज बेरी क्षेत्रबाट बन्धक बनाइएको थियो भने ओर लेभीलाई नोभा म्युजिक फेस्टिबलबाट बन्धक बनाइएको थियो ।

    अहिलेसम्म युद्धविरामपछि हमासले १८ बन्धकलाई रिहा गरेको छ भने इजरायलले आफ्नो हिरासतमा रहेका ३८३ बन्दीलाई रिहा गरेको छ । जनवरी १९ देखि शुरु भएको युद्धविरामको पहिलो चरणको तीन साताको समयमा युद्धविराम सम्झौता अनुसार हमासले ३३ बन्धक रिहा गर्ने र इजरायलले १९०० बन्दीलाई रिहा गर्ने सहमति भएको थियो । 

    हमासले बन्धक बनाएका नेपाली युवा विपिन जोशीको नाम भने रिहा हुने बन्धकको सूचीमा यस पटक पनि परेको छैन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij