२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

रोल्पामा जीप दुर्घटना हुँदा आमाको ज्यान गयो : दुई छोरा घाइते

रोल्पामा जीप दुर्घटना हुँदा आमाको ज्यान गयो : दुई छोरा घाइते

रोल्पामा जीप दुर्घटना हुँदा आमाको ज्यान गयो : दुई छोरा घाइते

रोल्पामा जीप दुर्घटना हुँदा आमाको ज्यान गयो : दुई छोरा घाइते

रोल्पामा जीप दुर्घटना हुँदा आमाको ज्यान गयो : दुई छोरा घाइते
फाइल तस्वीर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, माघ २६ २०८१
शनिवार, माघ २६ २०८१
  • बुटवल ।  रोल्पामा जीप दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । गंगादेव गाउँपालिकाको घोरनेटा निवासी २९ वर्षीया सीता खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

    दुर्घटनामा सीताका दुई छोराहरु तीन वर्षका सौरभ र १८ महिनाका सुप्रिम वली गम्भीर घाइते भएको जिल्ला प्रहरी प्रमुख भरत लामाले जानकारी दिए ।

    घाइते बालकहरुको स्थानीय गैरीगाउँ स्वास्थ्य चौकी तिलामा प्राथमिक उपचारपछि थप उपचारका लागि रोल्पा जिल्ला अस्पताल रेउघा पठाइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको छ ।

    हिजो बेलुका लु १ च ९४०६ नम्बरको जीप त्रिवेणी गाउँपालिका–७ गाङमा दुर्घटनामा भएको हो । जीपमा चालक, सहचालक, ज्यान गुमाउने सीता र उनका दुई छोरा गरी पाँच जना थिए ।

    घटनापछि चालक र सहचालक फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । सीता पेशाले शिक्षिका भएको खुलेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij