परासी ।प्रेस चौतारी नेपालपश्चिम नवलपरासीको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । जिल्ला अध्यक्ष मेघराज गौतमको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा जिल्ला अधिवेशन सम्पन्न भएको हो । प्रेस चौतारी नेपाल नवलपरासी शाखाकाे अध्यक्षमा गाैरीशंकर जयसवालकाे नेतृत्वमा ९सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
परासी सम्पन्न साताै जिल्ला अधिवेशनमा उपाध्यक्षमा सुरेश यादव, महिला उपाध्यक्षमा आरती राना, सचिवमा कल्पना खरेल, सहसचिवमा अभिषेक राव र सुन्याना चौधरी, कोषाध्यक्षमा महेश यादवलाई चयन गरेकाे हाे । सदस्यमा टेकबहादुर हरिजन ,अमृता बिक चयन हुनुभएको प्रेस चाैतारीका केन्द्रीय सचिव एव निर्वाचन मण्डलका अध्यक्ष प्रदिप अर्चायले जानकारी दिए ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज प्रदिप आचार्य, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज दिपु पोख्रेल, चौतारीका प्रदेश सचिव बेनी माधव बस्याल, नेकपा एमालेका जिल्ला उपाध्यक्ष डोलराज भण्डारी, चौतारीका जिल्ला उपाध्यक्ष गौरीशंकर जयसवाल, सामुदायिक रेडियो परासीका अध्यक्ष राजकुमार रेश्मी, प्रेस चौतारी का सदस्य तथा नेपाल पत्रकार महासङ्घ नवलपरासीका जिल्ला उपाध्यक्ष विकास अधिकारी लगायतले धारण राखेका थिए ।




