२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

परमानन्द खरेल स्मृति पत्रकारिता पुरस्कार चापागाईंलाई

परमानन्द खरेल स्मृति पत्रकारिता पुरस्कार चापागाईंलाई

परमानन्द खरेल स्मृति पत्रकारिता पुरस्कार चापागाईंलाई

परमानन्द खरेल स्मृति पत्रकारिता पुरस्कार चापागाईंलाई

परमानन्द खरेल स्मृति पत्रकारिता पुरस्कार चापागाईंलाई
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • बुटवल । सिद्धार्थ पब्लिकेशन प्रालिका अध्यक्ष मोहन चापागाईंलाई परमानन्द खरेल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

    प्रेस चौतारी नेपाल रुपन्देहीले यसवर्षदेखि यो पुरस्कार प्रदान गर्न लागेको पहिलाे पुरस्कार चापागाईंलाई प्रदान गरिएको हो। 

    प्रेस चौतारी नेपाल रुपन्देहीले संगठनका पूर्व जिल्ला अध्यक्ष एवं पुर्व केन्द्रीय उपाध्यक्ष चापागाईंलाई संगठनको आठौं जिल्ला अधिवेशनको दिन उक्त पुरस्कार प्रदान गरिएको हो।

    चापागाईंलाई प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरि, चौतारी रुपन्देही अध्यक्ष लक्ष्मण पौडेल लगायतले पुरस्कार प्रदान गरेका थिए।

    चौतारीले यसअघि गठन गरेको पुरस्कार छनोट समितिको सिफारिस अनुसार उक्त पुरस्कार दिने निर्णय गरिएको हो ।

    चापागाई सामुदायिक रेडियो प्रसारक संघका पुर्व  अध्यक्ष समेत हुन् । उनले सामुदायिक रेडियोहरुको संस्थागत विकासमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् ।

    यस्तै प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कारबाट भैरहवाका पत्रकार शंकर पाण्डे पुरस्कृत भएका छन । संगठनका केन्द्रीय सदस्य रहेका उनी रुपन्देही एफएमको स्टेशन म्यानेजर समेत रहेका हुन।

    सोही क्रममा दुर्गा खनाल स्मृति पत्रकारिता पुरस्कारबाट रुपन्देहीको देवदहका गोविन्द घर्तीलाई पुरस्कृत गरिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij