२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा पाण्डे

प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा पाण्डे

प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा पाण्डे

प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा पाण्डे

प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा पाण्डे
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देहीको २६ औं साधारण सभा तथा ८ औं अधिवेशन सम्पन्न भएको छ । सोमबार बुटवलमा भएको साधारण सभा तथा अधिवेशनले भगवती पाण्डेको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । यसअघि पाण्डेले उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।


    चौतारीको रुपन्देही जिल्ला उपाध्यक्षमा केशव भण्डारी, उपाध्यक्ष (महिला) मा वसन्ती आचार्य (छायाँ पन्थ), सचिवमा विष्णु घिमिरे, सह–सचिव (खुल्ला) मा प्रतीक पौडेल, सह–सचिव (समावेशी) मा सत्यनारायण मानन्धर र कोषाध्यक्षमा एलिना आचार्य रहेका छन् ।


    त्यस्तै कार्यसमिति सदस्यहरुमा प्रतिमा गौतम, रमेश पराजुली, दिनेश घिमिरे, सुशीला पोखरेल, अस्मिता अधिकारी, पोषकान्त पोखरेल, दिनेश लोध, जयप्रकाश राय, रोहित ढकाल, महेश घिमिरे (केदार), प्रेरणा केसी, इन्द्रबहादुर खत्री, विष्णु भट्टराई, भुवन आचार्य, हरिलाल बस्याल र शिशिर पाण्डे रहेको केन्द्रीय आयोगका अध्यक्ष गणेश खनालले बताए ।

    त्यस्तै केन्द्रीय प्रतिनिधिमा भरत केसी, दिनेश पाण्डे, रामप्रसाद आचार्य, नरेश केसी, लक्ष्मण पौडेल, निरु गौतम र अर्जुन श्रेष्ठ रहेको निर्वाचन समिति सदस्य नविन के.सी.ले बताए ।

    त्यस्तै प्रदेश परिषद् सदस्यमा वी.पी. गौतम, रबिन्द्र प्रताप गुप्ता, राजकुमार धवल, दीपक न्यौपाने, मन बहादुर क्षेत्री (मनोज), सुमित्रा चापागाईं र प्रकाश आचार्य रहेका छन् । नवनिर्वाचित अध्यक्ष पाण्डेले आफूलाई विश्वास गरेर जिम्मेवारी प्रदान गर्ने प्रेस चौतारीको टीमप्रति आभार व्यक्त गरिन् । उनले विश्वास टुट्न नदिने प्रतिवद्धता व्यक्त गरिन् । साधारण सभा तथा अधिवेशनको प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उद्घाटन गरेका थिए । 

    त्यस्तै निवर्तमान अध्यक्ष लक्ष्मण पौडेलले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । निर्वाचन मण्डलका संयोजक डी.आर. घिमिरेले नवनिर्वाचित कार्यसमितिले अझ रचनात्मक कार्य गर्ने विश्वास व्यक्त गरे ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij