२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सामाजिक सञ्जाल विधेयक हुबहु पारित भए आन्दोलन गर्ने चेतावनी

सामाजिक सञ्जाल विधेयक हुबहु पारित भए आन्दोलन गर्ने चेतावनी

सामाजिक सञ्जाल विधेयक हुबहु पारित भए आन्दोलन गर्ने चेतावनी

सामाजिक सञ्जाल विधेयक हुबहु पारित भए आन्दोलन गर्ने चेतावनी

सामाजिक सञ्जाल विधेयक हुबहु पारित भए आन्दोलन गर्ने चेतावनी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • बुटवल । मानवअधिकार तथा शान्ति समाजले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग र नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक हुबहु पारित भए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ। विधेयक सरकारले राष्ट्रियसभामा पेस गरेको छ।

    मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको सरोकारवालाहरूसँगको छलफलमा सहभागीहरूले यस्तो चेतावनी दिएका हुन्। उनीहरूले विधेयकले नागरिकको अभिव्यक्तिलाई नियन्त्रण गर्न खोजेको बताए।

    समाजका पूर्व केन्द्रीय सभापति गोविन्द खनालले विधेयक हुबहु पारित गरिए समाज आन्दोलनमा जाने बताए। उनले विधेयकले संविधान प्रदत्त मौलिक हक, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत रहेको बताए।

    सामाजिक सञ्जालको आवश्यकता, महत्त्व र उपयोगिता चुलिँदै गएको अवस्थामा निरुत्साहित तुल्याउने गरी नियमनका नाममा नागरिकको मुख थुन्ने प्रावधान संशोधन हुनुपर्ने भनाइ खनालको छ। सामाजिक सञ्जालको प्रयोग मर्यादित, व्यवस्थित र सुरक्षित गर्न नियमन गर्नुपर्नेमा अन्तर्राष्ट्रिय मानवअधिकार एवम् मानवीय कानुनको प्रतिकूल हुने गरी प्रावधान राखिएकाले त्यो मान्य नहुने बताए।

    कार्यक्रममा कांग्रेसका नेता युवराज गिरी, अर्का नेता हरि अर्याल, नेकपाका नेता शरद वली, नेकपा माओवादी केन्द्रका नेता महेन्द्र भुसाल, नेपाल मजदुर किसान पार्टीका हरिसुन्दर वासीले विधेयक सुधार गर्नुपर्ने बताए।

    राससका पूर्वअध्यक्ष डा. बालकृष्ण चापागाईं, नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डे, अभियन्ता देवराज पोख्रेल, ऋषि आजाद, पत्रकारहरू विश्वास ढकाल, विष्णु भुसाल, टीआर शर्मा, कृष्ण खनाललगायतले विधेयक आमनागरिकको मुख थुन्ने नियतका साथ आएको बताए। उनीहरूले विधेयकलाई सरोकारवालाहरूसँग व्यापक छलफलपछि मात्रै पारित गर्न सुझाव दिए। विधेयकबारे सरकारलाई ध्यानाकर्षण गराउन कार्यक्रम गरिएको जिल्ला अध्यक्ष अर्जुन ज्ञवालीले बताए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij