२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

डिभोर्सपछि एलिनाले विष्णुलाई भनिन्– मैले अधिकारले पाउने सम्पत्ति तिम्रै प्रगतिका लागि छोडेकी छु

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • बुटवल । गायिका एलिना चौहान र उनका श्रीमान् विष्णु सापकोटाबीच सम्बन्धविच्छेद भएको छ । एलिनाले सम्बन्धविच्छेदका लागि हालेको मुद्दाको मंगलबार जिल्ला अदालत काठमाडौंले छिनोफानो गरेको हो ।

    एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो । विवाह भएको १० महिना नबित्तै उनीहरूको सम्बन्धविच्छेद हुन पुग्यो ।

    सम्बन्धविच्छेदपछि एलिनाले विष्णुका लागि लेखेको पत्र :

    प्रिय विष्णु,

    अग्निलाई साक्षी राखेर सात फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन् ।

    तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोबहरू अझै उस्तै छन् ।

    तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन् ।

    हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ ।

    वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ ।

    तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ ।

    भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ ।

    जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायुमै पूर्णविराम लागेको छ । यो रहरले होइन। जुन बाध्यता तिमी, मलाई र भगवान्‌लाई मात्र थाहा छ ।

    आजदेखि स्वतन्त्र भएर कानुनी रूपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ ।

    पत्नीका रूपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेकी छु ।

    तिमीलाई बाँकी जीवनको धेरैधेरै शुभकामना विष्णु । (magh 29)

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij