२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

दस लाख किशोरीले लगाए एचपिभी खोप

दस लाख किशोरीले लगाए एचपिभी खोप

दस लाख किशोरीले लगाए एचपिभी खोप

दस लाख किशोरीले लगाए एचपिभी खोप

दस लाख किशोरीले लगाए एचपिभी खोप
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • काठमाडौँ । पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप अभियानमा १० लाख किशोरीले खोप लगाएका छन् । माघ २२ गतेदेखि सुरु भएको खोप अभियानमा छ दिनमा १० लाख १६ हजार ७७१ किशोरीले एचपिभी खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    प्रदेश अनुसार कोशी प्रदेशमा एक लाख ८१ हजार ५०, मधेश प्रदेशमा एक लाख ४८ हजार ५६, बागमती प्रदेशमा एक लाख ९६ हजार ७४ किशोरीले खोप लगाएका छन् । यसैगरी, गण्डकी प्रदेशमा ८६ हजार ११२, लुम्बिनी प्रदेशमा एक लाख ८९ हजार ८७७, कर्णाली प्रदेशमा ८२ हजार ७९६, सुदूरपश्चिम प्रदेशमा एक लाख  ३२ हजार ८०४ किशोरीले एचपिभी खोप लगाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

    सरकारले माघ २२ देखि फागुन ६ गतेसम्म कक्षा ६ देखि १० सम्मका छात्रालाई र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार ७८६ लक्षित गर्दै एचपिभी खोप अभियान सञ्चालन गरिरहेको छ । एचपिभी खोप प्रारम्भिक किशोरावस्थामा लगाएमा प्रभावकारी हुने चिकित्सक बताउछन् । अभियानमा दिइएको खोप सुरक्षित भएकाले ढुक्कसँग लगाउन चिकित्सकको सुझाव छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij