२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

हजुरआमा र नातिको हत्या आरोपी मृत फेला

हजुरआमा र नातिको हत्या आरोपी मृत फेला

हजुरआमा र नातिको हत्या आरोपी मृत फेला

हजुरआमा र नातिको हत्या आरोपी मृत फेला

हजुरआमा र नातिको हत्या आरोपी मृत फेला
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • बुटवल । रुकुम पूर्वको भूमे गाउँपालिका–४ मा दुई जनाको हत्याका आरोपी मृत अवस्थामा फेला परेका छन् ।

    साकिम गाउँका ६० वर्षीया ढाटी बुढा र उहाँका नाति आठ महिनाका समिर बुढालाई खुकुरी प्रहार गरी हत्या गरेर फरार रहेका भनिएका अन्दाजी ५१ वषीय चन्द्रसिंह पुन मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवराज खरेलका अनुसार हिजो दिउँसो पुनले घरमै पुगेर हजुरआमा र नातिको हत्या गरी फरार भएका थिए ।

    आरोपित पुनलाई खोज्दै जाँदा खुलखुले खोलामा मृत भेटिएका हुन् । खुलखुले खोला घटनास्थल साकिमबाट झण्डै आधा घन्टा टाढा पर्छ । डीएसपी खरेलले पुनको टाउकोमा गहिरो चोट देखिएको जानकारी दिए ।

    भुमे गाउँपालिका–४ का वडाअध्यक्ष श्यामप्रसाद बुढाले घटनाले गाउँ नै शोकमग्न भएको बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij