२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

रानी महलमा दुई मुख्यमन्त्री, समन्वय र सहकार्यबाट धेरै काम गर्न सकिन्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशहरूबीचको सहकार्य र समन्वयबाट धेरै काम गर्न सकिने बताएका छन् । लुम्बिनी प्रदेश सरकारले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको विशेष उपस्थितिमा पाल्पाको रानी महलमा आयोजना गरेको अन्तरप्रदेश समन्वय बैठकलाई बुधबार सम्बोधन गर्दै आचार्यले आपसी समन्वय र सहकार्यबाट प्रभावकारी काम गर्न सकिने बताए ।

    ‘लुम्बिनी र गण्डकी प्रदेशहुँदै धेरै पूर्वाधार निर्माणका कार्यहरू अघि बढेका छन् । तर, केही योजनाहरू अपेक्षित रूपमा अघि नबढ्दा समस्या उत्पन्न भएको छ,’ उनले भने, ‘यी समस्या पनि आपसी समन्वय र सहकार्यबाट समाधान गर्न सकिन्छ ।’

    बुटवल–नारायणघाट सडक खण्ड, कालिगण्डकी कोरिडोरको बाँकी रहेका काम चाँडो सम्पन्न गर्न प्रदेश तहबाट पहल सुरु गरिएको उनले बताए । लुम्बिनी प्रदेशमा उत्पादन भएका वस्तुहरू गण्डकी प्रदेशमा निर्यात हुने गरेको, यसको थप व्यवस्थित व्यवस्थापन आवश्यक रहेको उनको भनाइ छ । गण्डकी प्रदेशका उत्पादनहरूलाई लुम्बिनीमा बजारीकरण गर्दै व्यापार प्रवर्द्धन गर्न सकिने उनले बताए ।

    कृषि क्षेत्रलाई प्रवर्द्धन गर्दै दुवै प्रदेशले संयुक्त रूपमा प्रभावकारी कार्य गर्न सक्ने बताउँदै उनले बैठक दुवै प्रदेशको आर्थिक तथा विकास समृद्धिका लागि महत्त्वपूर्ण सावित हुने उल्लेख गरे । संविधान अनुसार प्रदेशले पाउनुपर्ने अधिकार हस्तान्तरणका लागि पनि प्रदेशहरूबीचमा समन्वय र सहकार्य बढाउन आवश्यक रहेको उनको भनाइ छ ।

    केही आवश्यक कानूनहरूको निर्माण प्रक्रिया अघि नबढ्दा विभिन्न जटिलता उत्पन्न भएको भन्दै उनले अन्तरप्रदेश समन्वयात्मक बैठकले यी समस्या समाधानका लागि प्रभावकारी पहल गर्न सक्ने विश्वास व्यक्त गरे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij