२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

‘लाज शरणम्’मा धुर्मुसले गरेको चरित्र गोविन्दासहित चार जनाले छोडेका थिए

‘लाज शरणम्’मा धुर्मुसले गरेको चरित्र गोविन्दासहित चार जनाले छोडेका थिए

‘लाज शरणम्’मा धुर्मुसले गरेको चरित्र गोविन्दासहित चार जनाले छोडेका थिए

‘लाज शरणम्’मा धुर्मुसले गरेको चरित्र गोविन्दासहित चार जनाले छोडेका थिए

‘लाज शरणम्’मा धुर्मुसले गरेको चरित्र गोविन्दासहित चार जनाले छोडेका थिए
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, फाल्गुण १ २०८१
बिहिवार, फाल्गुण १ २०८१
  • काठमाडौं । चलचित्र ‘लाज शरणम्’ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको र्‍याप र सिताराम कट्टेल (धुर्मुस)को ‘क्यारेक्टर लुक्स’का कारण चर्चामा छ । 

    (धुर्मुस)को ‘क्यारेक्टर लुक्स’ पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद अफताव आलमसँग मिलेको भन्दै धेरैको ध्यान खिच्यो । भलै धुर्मुस स्वयंले यो क्यारेक्टर आलमको नभएको बताएका छन् । 

    निर्माणपक्षका अनुसार, धुर्मुसले निभाएको यो चरित्र एक भारतीय व्यापारीको हो । ‘लाज शरणम्’मा धुर्मुस पहिलो रोजाइका कलाकार थिएनन् । 

    यो चरित्रका लागि पहिलो रोजाइमा विपीन कार्की थिए । तर, विपीनले चलचित्र ‘तेल भिसा’को छायांकनका लागि अमेरिका जाने भएपछि समय दिन सकेनन् । त्यसपछि निर्माणपक्षले हरिवंश आचार्यलाई प्रस्ताव गर्‍यो । हरिवंशले पनि कारणवश यो चरित्र निभाउन नसक्ने भए । 

    त्यसपछि निर्माणपक्षले प्रस्ताव बलिउड अभिनेता गोविन्दासमक्ष पुर्‍यायो । उनले स्क्रिप्ट मन पनि पराए । तर, अन्तिममा उनले पनि नभ्याउने खबर पठाए । 

    त्यसपछि निर्माणपक्ष पुग्यो, सिताराम कट्टेल ‘धुर्मुस’कोमा । धुर्मुसले पनि सुरुमा त अरूलाई नै काम गराउन सुझाए । तर, निर्देशक कुमार कट्टेल र निर्माणपक्षको आग्रहलाई नकार्न नसकेपछि उनी तयार भए । 

    शरीरको तौल अस्वाभाविकरूपमा बढाउनुपर्ने थियो । त्यसको असर कोलेस्ट्रोल र युरिकेसिड बढ्यो । चिकित्सकले जोखिम नमोल्न गरेको आग्रह सम्झिएर धुर्मुस डराए । 

    त्यसपछि निर्माणपक्षले रविन्द्र झालाई प्रस्ताव गर्‍यो । रवीन्द्र झा यसै पनि सानो कदको कलाकार, उनलाई मोटाउन समय चाहिन्थ्यो । तर, निर्माणपक्षसँग धेरै समय थिएन । त्यसैले रविन्द्रले निर्माणपक्षले उपलब्ध गराएको समयमा चरित्रलाई आवश्यक ‘वेट गेन’ गर्न नसक्ने बताए । 

    निर्माणपक्षसँग विकल्प सकिँदै गएपछि धुर्मुसलाई चरित्रका काम गर्नैपर्ने दबाब भयो । उनी जोखिम मोलेरै काम गर्न तयार भए । यसरी धुर्मुसले गरेको ‘लाज शरणम्’को चरित्रले अहिले चर्चामा छ । 

    ‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रीको दिन रिलिज हुँदै छ । चलचित्र ‘लाज शरणम्’ हास्य टेलिशृंखखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ ।

    ‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल ‘धुर्मुस’ छन् । यस चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।

    ‘सक्किगोनि’ टिमले बनाएको यस चलचित्रमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।

    जेपीटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सिर्जना खड्का सहनिर्माताको रूपमा छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij