२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए आन्दोलन गर्ने पत्रकार महासंघको चेतावनी

सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए आन्दोलन गर्ने पत्रकार महासंघको चेतावनी

सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए आन्दोलन गर्ने पत्रकार महासंघको चेतावनी

सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए आन्दोलन गर्ने पत्रकार महासंघको चेतावनी

सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए आन्दोलन गर्ने पत्रकार महासंघको चेतावनी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, फाल्गुण १ २०८१
बिहिवार, फाल्गुण १ २०८१
  • काठमाडौं । नेपाल पत्रकार महासंघले समाजिक सञ्जाल विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । विधेयक सच्याउन तयार नभए आन्दोलन गर्ने महासंघको चेतावनी छ ।

    माघ २८ र २९ गते धुलिखेलमा बसेको केन्द्रीय समिति बैठकको बैठकले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता खुम्च्याउने गरी ल्याइएको विधेयक फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी दिएको हो ।

    “उक्त विधेयक तत्काल फिर्ता लिई सामाजिक सञ्जाल प्लेटफर्महरूलाई मात्रै नियमन गर्ने गरी सरोकारवालासँग आवश्यक परामर्श गरेर पुनर्लेखन गर्न सरकार, संसद् र राजनीतिक दलहरूसमक्ष माग गर्दछ,” महासंघले भनेको छ, “अन्यथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र न्यू मिडियाको प्रभावकारितामा अंकुश लगाउने गरी बन्ने विधेयकविरुद्ध महासंघ संघर्षमा उत्रिन बाध्य हुनेछ ।”

    यसैगरी, महासंघले मिडिया काउन्सिल विधेयक सरोकारवालाबाट आएका सुझावलाई बेवास्ता गरी पारित गरेकामा पनि आपत्ति जनाएको छ ।

    “महासंघसहित सरोकारवालाले पटक पटक छलफल गरी संशोधनका लागि दिएका सुझावहरूलाई बेवास्ता गर्दै राष्ट्रिय सभाबाट ‘मिडिया काउन्सिल विधेयक’ पारित भएकामा महासंघको यो बैठक आपत्ति प्रकट गर्दछ,” निर्णयमा भनिएको छ, “विगतमा महासंघसहित रोकारवालाहरूले दिएका सुझावहरूलाई समेटेर मात्रै थप प्रक्रिया अघि बढाउन महासंघ जोडदार माग गर्दछ ।”

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij