बुटवल । स्वास्थ्य व्यवसायी सागर पाठक चर्चित मोडल अन्जली अधिकारीसंग नौजाले माया गीतमा अभिनय यात्रा शुरु गरेका छन् । लोकसंगीतका पारखी सागरको म्युजिक भिडियोमा यो पहिलो डेब्यू हो । लोक तथा दोहारी गायिका सकुन्तला गैरेले नौजाले रुमाल गीत बजारमा ल्याएकी हुन् । मायापिरतीको कथामा आधारित रहेर निकालिएको नौजाले रुमालमा लुम्बिनी प्रदेशका परिवेशलाई उतारिएको छ । गीतमा शकुन्तला र नन्दु परियारको स्वर सुन्न सकिन्छ भने भिडियोमा सर्वाधिक चर्चित मोडलमा पर्ने अन्जली अधिकारीसंग सागरले अभिय गरेका छन् । उनीहरुसंगै सन्ध्या सुनारको पनि अभिनय देख्न सकिन्छ । सागरले भविष्यमा पनि अभिनयलाई निरन्तरता दिन सक्ने बताए । विष्णु भट्टराईको निर्देशनमा बनेको म्यूजिक भिडियोको सम्पादन समेत उनैले गरेका हुन् । पाल्पाली गायिका गैरेले आफ्नै यूट्यूव च्यानलबाट उक्त गीतको भिडियो सार्वजनिक गरेकी छन् । गायिका गैरैले यसअघि पनि दर्जनौं गितहरु गाइसकेकी छन् ।




