२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै, को हुन् त भ्यालेन्टाइन ?

आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै, को हुन् त भ्यालेन्टाइन ?

आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै, को हुन् त भ्यालेन्टाइन ?

आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै, को हुन् त भ्यालेन्टाइन ?

आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै, को हुन् त भ्यालेन्टाइन ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, फाल्गुण २ २०८१
शुक्रवार, फाल्गुण २ २०८१
  • बुटवल । हरेक फ्रेबुअरी १४ मा मनाइन्छ, भ्यालेन्टाइन डे। यो दिन आफूलाई मन परेका मान्छेलाई कार्ड, फूल, चकलेट तथा अन्य सामग्री दिएर प्रेम दर्शाइन्छ। संसारभरि आफ्नो प्रेमी, प्रेमिकालाई विभिन्न उपहार दिएर प्रेम देखाइन्छ। 


    एउटा विश्वास छ, तेस्रो शताब्दीतिर रोममा सेन्ट भ्यालेन्टाइन नाम गरेका एक पादरी थिए। विवाह गरेका सिपाही खराब रूपमा प्रस्तुत हुन्छन् भन्ने सोचले राजा क्लाउडिस दोस्रोले सिपाहीहरूलाई विवाह गर्न प्रतिबन्ध लगाएका थिए। तर, सन्त भ्यालेन्टाइनले राजाले लगाएको नियम सही नभएको भन्दै गोप्य रूपमा मागी विवाह गरे। भ्यालेन्टाइनको यो हर्कत अन्ततः क्लाउडिसको कानसम्म पुग्यो।  

    राजाको निर्देशन विपरीत गएको भन्दै फ्रेबुअरी १४ का दिन सन्त भ्यालेन्टाइनलाई मारिने घोषणा भयो। त्यसै दिन उनले आफ्नी श्रीमतीलाई चिठी लेख्दै, चिठीको अन्तिममा ‘तिम्रो भ्यालेन्टाइन’ लेखेका थिए।

    भ्यालेन्टाइनलाई रोमको प्राक्सेडिजमा गाडिएको थियो। सम्झनामा श्रीमती जुलियाले भ्यालेन्टाइको चिहान वरिपरि त्यतिबेला ‘अल्मोन्ड’का बिरुवा रोपेकी थिइन्। र, आज के विश्वास गरिन्छ भने त्यही अल्मोन्डको रुखलाई जीवन्त प्रेमको संकेतको रूपमा लिइन्छ।

    हो, यही फ्रेबु्रअरी १४ अहिले विश्वभरि नै भ्यालेन्टाइन डे का नामले चर्चित छ। विशेषगरी बेलायत, क्यानडा, अमेरिका, मेक्सिको, फ्रान्स, अस्ट्रेलियाजस्ता देशमा यसलाई विशेष रूपमा लिइन्छ। तर विश्वव्यापीकरणसँगै हाल यो दवस विश्वका धेरै देशमा मनाइन्छ।

    यसलाई वर्षभरिको सबैभन्दा ‘रोमान्टिक’ दिनको रूपमा प्रेमीहरु लिन्छन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij