२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

प्रेम दिवसमा रानीमहल

प्रेम दिवसमा रानीमहल

प्रेम दिवसमा रानीमहल

प्रेम दिवसमा रानीमहल

प्रेम दिवसमा रानीमहल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, फाल्गुण २ २०८१
शुक्रवार, फाल्गुण २ २०८१
  • कृष्ण पोखरेल
    पाल्पा 
    आज १४ फ्रेबुअरी, प्रणयव दिवस अर्थात् (भ्यालेनटाइन डे) युवायुवती तथा  प्रेमी प्रेमिकाहरु बिच आ–आफ्नो  प्रेम व्यक्त गर्ने दिन । प्रेमीप्रमिकाहरु साँचो प्रेम व्यक्त गर्न प्रेमको प्रतिक पाल्पाको रानीमहल दरबारमा पुगेका छन् ।  राणाकालिन समयदेखि नै  पाल्पाको रानीमहल दरबार प्रेमको प्रतिकको रुपमा परिचित रहेको छ । आज प्रणयव दिवसको अवसरमा नवजोडी तथा प्रेमीप्रेमिकाको लागि पाल्पाको रानीमहल दरबार आकर्षणको केन्द्र विन्दु बनेको छ । 
     
    प्रणयव दिवसको अवसरमा रानीमहल दरबारलाई तानसेन नगरपालिकाले  सरसफाइ गरी चिटिक्क बनाएको छ । दरबार अगाडि सुन्दर फूलसहितका बगैंचा, लाइटिङ्गसहित पानीका पोखरी तथा फोहोरा, युरो गार्डको खानेपानी र पर्यटकहरुलाई निःशुल्क वाइफाइको व्यवस्था गरेको छ । तानसेन नगरपालिकाले रानीमहललाई पूर्णरुपमा सफा सुन्दर व्यस्थित बनाइ रातीमा समेत झिलिमिली बत्तीले सजाएर रातीमा समेत अवलोकन गर्ने गरी व्यवस्था मिलाएको छ । 
     
    रानीमहलमा प्रेम आदानप्रदान गर्दै कालीगण्डकीका ¥याफटिङ्गको मजा लिने गरी व्यवस्था रहेको छ ।  प्रणयव दिवसको अवसरमा तानसेनका अधिकांश होटलहरुले खाना तथा बासमा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट दिएका छन् ।  रानीमहलको विभिन्न मिडियामा चर्चा गरेको देखिए पनि प्रत्यक्ष रुपमा आज हेर्ने मौका मिल्यो, काठमाडांैबाट रानीमहल दरबार हेर्नकै लागि बुढा बुढीसहित आएका प्रेम श्रेष्ठले बताए ।
     
    प्रेमको प्रतिक रानीमहल पुग्ने प्रेमी प्रेमिकाहरु निकै रमाएका छन् । एक अर्कालाई अङ्गालो मार्दै युवायुवतीले मधुर मुस्कानसहित फोटो खिचेको दृश्यले  रानीमहल दुई-चार दिन अगाडिदेखि नै  प्रणयव दिवसमय भएको छ । रानीमहल क्षेत्रका होटलहरु आन्तरिक पर्यटकले भरिएका छन् । 
     
    सच्चा प्रेम गर्ने युवायुवतीहरुको लागि पाल्पाको रानीमहल प्रेरणादायिक स्थान बन्दै गएको छ ।  प्रेम दिवसको अवसरमा चितवन, काठमाडांै, बुटवल, हेटौडा, पोखरालगायतका स्थानबाट प्रेमी तथा प्रेमिकाहरु रानीमहल पुगेर आ–आफ्नो प्रेम साटासाट गर्दै आएका छन् । प्रेमको प्रतीक  रानीमहल आउने धोको पहिलादेखि नै थियो, अहिले श्रीमान र श्रीमतीसहित घुम्न आएको, रानीमहल घुम्दा निकै आनन्द आएको काठमाडांै गोंगबुकी मीना श्रेष्ठले बताइन । रानीमहल दरबार देख्दा त्यो अवस्थामा राणा खड्ग शमशेरले साँच्चै नै रानीप्रति गरेको सच्चा प्रेम नै झल्किदो रहेछ, आज हामी पनि श्रीमान श्रीमती जोडी भएर रानीमहल घुम्न आएको, मनमा प्रेम भाव पैदा भएको बुटवलकी मिना पंथीले बताइन् । 
     
    राणा खड्ग शम्शेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा पाल्पाको कालीगण्डकी किनारामा रानीमहल दरबार निर्माण गरेका हुन् । राणा खड्ग शम्शेरले विसं. १९४९ सालदेखि रानीमहल दरबारको निर्माण सुरु गरी ६ वर्ष लगाएर विसं. १९५५ मा पूरा गरेका थिए । बेलायती दरबार शैलीमा निर्माण गरिएको प्रेमको प्रतिक रानीमहल पुग्ने प्रेम जोडीहरुलाई बस्न, मिठा मिठा कुराकानी गर्न, विभिन्न आनन्द लिनको लागि दरबार परिसरमै शिवपार्वतीको मन्दिर, विभिन्न फूलबारी बगैँचा, मन्दिर रहेका छन् । तानसेनदेखि रानीमहलमा जाने १३  किलोमिटर सडकको पिच गरिएको छ । रानीमहल दरबार  रेखदेखको लागि पुरातत्व विभागबाट १० वर्षको लागि तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको छ ।  
     
    रानीमहल दरबार अवलोकन गर्न दैनिक ३ सयदेखि ५ सयसम्म पर्यटकहरु पुग्ने गरेका छन् । रानीमहल दरबार तानसेन नगरपालिकाले वार्षिक रुपमा ७० लाख देखि एक करोड रुपैयाँसम्म आम्दानी गर्दै आएको छ । लुम्बिनी प्रदेश सरकारले प्रेमको प्रतिक रानीमहललाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा राखेको छ । प्रेम प्रतिक रानीमहल दरबारमा यही माघ ३० गते लुम्बिनी र गण्डकी प्रदेशको मुख्यमन्त्रीस्तरीय समन्वयात्मक बैठकले रानीमहलको महत्वलाई अझैँ फैलाएको छ । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij