२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बटौली, खस्यौली हुँदै बुटवल

बटौली, खस्यौली हुँदै बुटवल

मुन्निलाल शाक्यदेखि शुरु भएको बुटवलको नेतृत्व खेलराजसम्म आइपुगेको छ । नेतृत्व फेरिएसगैं शहरले आधुनिक रूप लिएको छ ।

बटौली, खस्यौली हुँदै बुटवल

बटौली, खस्यौली हुँदै बुटवल

मुन्निलाल शाक्यदेखि शुरु भएको बुटवलको नेतृत्व खेलराजसम्म आइपुगेको छ । नेतृत्व फेरिएसगैं शहरले आधुनिक रूप लिएको छ ।

बटौली, खस्यौली हुँदै बुटवल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, फाल्गुण ३ २०८१
शनिवार, फाल्गुण ३ २०८१
  • बुटवल । कुनै बेलाको बटौली बजार अहिले बुटवल भनेर चिनिन्छ । पञ्चायती व्यवस्थामा बुटवल–खस्यौली नगरपञ्चायत भनिएपनि २०४६ सालपछि बुटवल नगरपालिका भन्न थालियो  । २०७१ साल मंसिरमा उपमहानगरपालिकामा स्तरोन्नति भएपछि बुटवलको पहिचान, विकास र शहरीकरण विस्तार भइरहेको छ अहिले बुटवल मुलुककै प्रमुख सहरका रुपमा परिचित छ । 
     अहिलेको मुख्य बजारभन्दा तिनाउ पारी थियो बटौली बजार । २० को दशकतिर वारी खस्यौलीमा पनि बजार र बस्ती बस्न थालेपछि बटौली फराकिलो बन्दै अघि बढ्यो । २०३५ सालमा बटौली क्षेत्रमा रहेको नगरपालिकाको कार्यालय पनि अहिलेको कार्यालय भएको ठाउँ हाटबजारलाइनमा सर्यो । खस्यौलीमा पूर्वाधार थपिदैँ गएपछि बटौली बजारले बुटवल सहरको रुप लियो । बुटवलबाट दक्षिण र पश्चिम बस्ती विस्तार हुँदै गयो । 


    पाल्पा राज्यका राजा मणिमुकुन्द सेनले पाँच सय वर्ष अघि काश्मीरबाट कशौधनहरुलाई व्यापारका लागि यहाँ ल्याए । त्यसैबेलादेखि विभिन्न ठाउँबाट नेवारहरु पनि त्यसै सेरोफेरोमा यहाँ आए । १९९५ सालतिर मुस्ताङबाट थकालीहरु यहाँ आए । व्यापार विनिमयमा तत्कालीन समयमा यो क्षेत्र प्रख्यात थियो । पहाडबाट ल्याएको घिउ प्रशोधन गरेर भारतसहितका मुलुकमा पठाइन्थ्यो । कुनै बेला ल्हासाको नुन, सुन, पहाडको जडिबुटी, घिउ, तेलजस्ता सामग्री बेच्ने थलो बटौली बुटवलमा फेरिएसगैं यहाँको व्यापारको शैली पनि फेरिएको छ । पूर्व—पश्चिम महेन्द्र राजमार्ग र उत्तर—दक्षिण सिद्धार्थ राजमार्गको मिलनविन्दु बुटवलको व्यापार फैलिदो छ । यातायात सञ्जाल विस्तारले बुटवलको व्यापार पनि विस्तार गरेको छ ।

     बुटवल उप–महानगरपालिकाभित्रको जनसंख्या  करिब २ लाखको हाराहारीमा छ । औपचारिक बसोबास गर्नेको संख्या करीब २ लाख छ । तर अनौपचारिक रुपमा यहाँ बसोबास गर्नेको संख्या थप दुई लाख हाराहारी रहेको अनुमान छ । 


    ६ लेनका फराकिला सडक, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनी स्थलजस्ता राष्ट्रियस्तरका संरचनाले बुटवलको प्रतिष्ठा बदल्दै गएको छ । देवीनगर, मगरघाटमा बनेका पक्की पुलले विभिन्न ठाउँमा जाने मार्गलाई सहज बनाएको छ । बुटवल भौतिक पूर्वाधारमा मात्रै नभई मानव संसाधनका दृष्टिले अगुवा शहरका रुपमा स्थापित हुने नगर प्रमुख खेलराज पाण्डेय बताउँछन् । उनका अनुसार बुटवल बर्दघाटदेखि चन्द्रौटासम्मको नेतृत्व गर्ने केन्द्रका रुपमा स्थापित हुने क्रममा अघि बढेको छ । ॅयो कार्यकालमा फैलिदो बुटवललाई व्यवस्थित गर्ने गरी केही काम गरेर देखाउँछौँ—उनले भने ।


    मुन्नीलालदेखि खेलराजसम्म 
    तत्कालीन बुटवल खस्यौली नगरपालिकाको पहिलो नेतृत्व गरे मुन्निलाल शाक्यले । त्यो समय हो २०१६–२०१७ साल । शाक्यपछि ओमशंकर श्रेष्ठ (२०१९–२०२३ साल), परीक्षितप्रसाद लाकौल (२०२४–२०२६ साल), सरस्वतीप्रसाद शेरचन (२०२६–२०२८ साल र पुनः २०३३ देखि २०३६ साल), हरिबहादुर सिंह (पहिलो पटक २०२८मा प्रधानपञ्चमा र यो सहित चार पटकसम्म प्रधानपञ्च), सूर्यलाल वि.सं. (२०३०), बृजमान श्रेष्ठ (२०३६–२०३९) प्रधानपञ्च भए । 


    प्रजातन्त्र पुनःस्थापनापछि भएको स्थानीय चुनावमा सू्र्यप्रसाद प्रधान (२०४९–२०५३) र भोजप्रसाद श्रेष्ठ (२०५४–२०५९) नगरप्रमुख थिए । सूर्यबहादुर थापा नेतृत्वको सरकारबाट मनोनित भएर २०६० मा पुनाराम पोखरेल पनि नगरप्रमुख भएर केही समय नेतृत्व गरे । माघ १९ पछिको शाही सरकारले गराएको नगरपालिका चुनावबाट रुपसिंह थापा थोरै समयको लागि नगरप्रमुख बने । लोकतन्त्र स्थापना पछिको सरकारले त्यो निर्वाचनलाई खारेज गरेको थियो । 


    १५ वर्ष जनप्रतिनिधिविहीन भएको बुटवल उपमहानगरपालिकामा २०७४ साल असारमा भएको निर्वाचनबाट शिवराज सुवेदी प्रमुख र गोमादेवी आचार्य उपप्रमुख भई कार्यभार सम्हालेका थिए । नेपालको संविधान कार्यान्वयन भएपछिको दोस्रो कार्यकालका लागि २०७९ वैशाख ३० मा भएको निर्वाचनबाट नगर प्रमुखमा खेलराज पाण्डेय र उपप्रमुखमा सावित्रादेवी अर्याल निर्वाचित भएर अहिले नेतृत्व गरिरहेका छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij