२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

मौसम बदलीसँगै चिसो बढ्यो, आजदेखि सुधार

मौसम बदलीसँगै चिसो बढ्यो, आजदेखि सुधार

मौसम बदलीसँगै चिसो बढ्यो, आजदेखि सुधार

मौसम बदलीसँगै चिसो बढ्यो, आजदेखि सुधार

मौसम बदलीसँगै चिसो बढ्यो, आजदेखि सुधार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, फाल्गुण ४ २०८१
आइतवार, फाल्गुण ४ २०८१
  • काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढेको छ । हिजो देशभर मौसम बदली भइ केही ठाउँमा हल्का वर्षा र हिमपात भएका कारण चिसो बढेको हो । आजदेखि मौसममा सुधार हुने र चिसो कम हुँदै जाने मौसमविद् बिनु महर्जनले जानकारी दिए ।

    उनका अनुसार पूर्वका हिमाली भेगमा आज पनि हल्का हिमपात र अरू ठाउँमा आंशिक बदली हुनेछ । तर हिजोजस्तो बदली नहुने उनको भनाइ छ । हिजो पश्चिमी भेगका केही ठाउँमा छिटपुट वर्षा र सबैजसो हिमाली भेगमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    यसैबीच आउँदो बिहीवारदेखि अर्को प्रणाली सक्रिय हुने सम्भावना रहेको जलवायु विपद विज्ञ डा. धर्मराज उप्रेतीले जानकारी दिए । उनका अनुसार बिहीवार र शुक्रवार देशका केही ठाउँमा मध्ययम खालको वर्षाको सम्भावना समेत छ ।

    यसपालीको हिउँद सुख्खा भइरहेको बेला हिउँद सकिने बेला पानी पर्ने संकेत देखिएको हो । नेपालको मौसमी पात्रोमा मंसिर १६ देखि फागुन १६ सम्मको अवधिलाई हिउँदयाम भन्ने चलन छ । यो वर्षको हिउँद सकिन लाग्दा औषतको नौ प्रतिशत मात्रै पानी परेको छ । धेरै ठाउँमा त पानी परेकै छैन । पानी नपर्दा वायु प्रदुषण र डढेलोको जोखिमसँगै कृषिबालीमा असर गरेको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij