२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी प्रदेश सभाको नवौं बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

दाङ संवाददाता रहेका घिमिरेले राजनीति, सामाजिक तथा समसामयिक क्षेत्रमा कलम चलाउछन।
आइतवार, फाल्गुण ४ २०८१
आइतवार, फाल्गुण ४ २०८१
  • दाङ ।  लुम्बिनी प्रदेश सभाको नवौं बैठक आज आइतबार बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा विभिन्न महत्त्वपूर्ण विषयहरूमा छलफल हुने कार्यसूची तय गरिएको छ ।

    प्रदेश सभा सचिव दुलर्भकुमार पुनमगरका अनुसार बैठकको सुरुवातमा सभामुख तुलाराम घर्तीमगरले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम हेरफेर सम्बन्धी जानकारी सभालाई गराउनेछन् ।

    त्यसपछि प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्ना विचार प्रस्तुत गर्नेछन्, जसका लागि १ घण्टा ३० मिनेटको समय छुट्याइएको छ ।

    यसैगरी, प्रदेश मामिला तथा कानून समितिका सभापतिले लुम्बिनी अनुसन्धान सम्बन्धी प्रतिवेदन सहितको विधेयक पेश गर्ने कार्यसूची रहेको छ । सो विधेयकले लुम्बिनी प्रदेशमा अनुसन्धान प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ ।

    त्यसैगरी, अर्थ, उद्योग तथा पर्यटन समितिका सभापतिले प्रदेश आर्थिक कार्यविधि सम्बन्धी प्रतिवेदन सहितको विधेयक पनि सभामा पेश गर्ने कार्यसूची छ ।

    उक्त विधेयकले प्रदेशको आर्थिक प्रणालीलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij