२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

१५औं वार्षिकोत्सवमा क्रिष्टिना ब्युटिकेयरद्वारा तीनदर्जन विद्यार्थी दीक्षित

१५औं वार्षिकोत्सवमा क्रिष्टिना ब्युटिकेयरद्वारा तीनदर्जन विद्यार्थी दीक्षित

१५औं वार्षिकोत्सवमा क्रिष्टिना ब्युटिकेयरद्वारा तीनदर्जन विद्यार्थी दीक्षित

१५औं वार्षिकोत्सवमा क्रिष्टिना ब्युटिकेयरद्वारा तीनदर्जन विद्यार्थी दीक्षित

१५औं वार्षिकोत्सवमा क्रिष्टिना ब्युटिकेयरद्वारा तीनदर्जन विद्यार्थी दीक्षित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, फाल्गुण ५ २०८१
सोमवार, फाल्गुण ५ २०८१
  • बुटवल । बुटवल होराईजनचोक देवीनगरमा रहेको क्रिष्टिना ब्युटि केयर एण्ड ट्रेनिङ सेन्टरले आफ्नो स्थापनाको १५ वर्ष बार्षिकोत्सवका रुपमा मनाएको छ ।  ट्रेनिङ सेन्टरले आइतबार १५औँ वार्षिकोत्सव तथा प्रमाणपत्र वितरण कार्यक्रम गरेर आफ्नो स्थापना दिवस मनाएको हो । सो अवसरमा सेन्टरबाट विभिन्न चरणका तालिम लिएका तीन दर्जनबढी विद्यार्थीहरुलाई तालिम पुर्णताको प्रमाणपत्र वितरण गरेर वार्षिकोत्सव मनाएको हो ।


    बार्षिकोत्सवको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले महिलालाई कुनैनकुनै प्रकारले आत्मनिर्भर बनाउनु आजको आवश्यकता भएको बताइन् । उनले सीप सिकेर महिलाहरु आत्मनिर्भर हुनु पर्ने उल्लेख गर्दै नगरपालिकाले महिलाको सीप र दक्षता विकासकालागि पन्चेबाजा, बत्ती कात्ने, अचार, सिलाईकटाई, ब्यूटिसियन, जुत्ताचप्पल बनाउनेलगायतका तालिमहरु प्रदान गर्दै आएको बताइन् । उनले महिलाले आफ्नो दक्षताको विकास गरेमा कसैको अगाडि हात पसार्नु पर्ने समस्या नआउने बताइन् ।


    कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उज्जलप्रसाद कसजुले महिलाहरुले सीपको विकास गर्नुकासाथै उद्योगी बन्नु पर्नेमा जोड दिए ।   कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रवन्ध संचालकरप्रिन्सिपल सुनिता अर्यालले महिलालाई आत्मनिर्भर बनाउन र सीप सिकाउनकालागि क्रिष्टिनाले ठुलो भुमिका खेल्दै आएको बताइन् । उनले पन्ध वर्षको अवधिमा सयौ महिलाहरुलाई दक्ष बनाएको उल्लेख गर्दै सीप सिकाउदै रोजगारको अवसर समेत दिएको बताइन् ।


    संचारकर्मी सन्जु पौडेलको संचालनमा भएको कार्यक्रममा नेपाल ब्युटिसियन संघ लुम्विनी प्रदेशका अध्यक्ष विष्णु थापा, नेपाल पत्रकार महासंघका सहसचिव झविन्द्र देवकोटा, सिद्धार्थ उद्योग बाणिज्य संघका सदस्य मिना पन्थी, चौपारी टोल विकास संस्थाका अध्यक्ष जुनु अर्याल, सहेली ब्यटि पार्लरका पार्वती सेन्चुरी, वयल टेन प्रोफेशनलका प्रतिनिधी विष्णु घिमिरे, विद्यार्थी आरजु कुमाललगायतले क्रिष्टिनाले महिलालाई आत्मनिर्भर बनाउन गरेके सहयोगको प्रसंशा गर्दै दीक्षित विद्यार्थीलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा संस्थाका उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गरिएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij