बुटवल । ढुवानी व्यवसायी समिति, रुपन्देहीको आयोजनामा सोमवार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समितिको कार्यालय परिसर ढुवानीग्राम बुटवल–१२ मा सो कार्यक्रम आयोजना गरिएको हो ।
नेपाल रेडक्रस सोसाईटी रक्तसंचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ७५ युनिट संकलन भएको कार्यक्रम संयोजक इन्दिरा नेपालले बताए ।
कार्यक्रमको सुभारम्भ नेपाल ढुवानी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष माधव नेपाल, ढुवानी व्यवसायी समितिका अध्यक्ष जीत बहादुर भाटले रक्तसंचार सेवा केन्द्रका प्राविधिक निरञ्जन श्रेष्ठलाई सामाग्री हस्तान्तरण गरि गरिएको थियो ।
समितिका अध्यक्ष जीत बहादुर भाटको अध्यक्षता तथा महासचिव कमल ढुङ्गानाको सञ्चालनमा भएको कार्यक्रममा नेपाल ढुवानी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष माधव नेपाल, प्रदेश अध्यक्ष श्याम बहादुर हमाल, कार्यक्रम संयोजक इन्दिरा नेपाल लगायतले रक्तदान समाज सेवा र मानिय कार्यसंग जोडिएको हुदा व्यवसायीहरु पनि त्यसमा लाग्नु जरुरी भएको धारणा राखेका थिए ।




