२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

महाकुम्भ मेलाबाट फर्किंदा देवदहका तीनजनाको मृत्यु, ४ घाइते

महाकुम्भ मेलाबाट फर्किंदा देवदहका तीनजनाको मृत्यु, ४ घाइते

मृतक गणेशका ७० वर्षका बुवाले महाकुम्भ मेलामा नजाऊ भनेका थिए । तर गणेशले छिमेक र चिनजानका धेरै जना पनि जाने भन्दै बुबाको कुरा मानेका थिएनन् । दम्पति सहित तीनजनाको मृत्यु पछि भलुही शोकमा डुबेको छ।

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, फाल्गुण ६ २०८१
मंगलवार, फाल्गुण ६ २०८१
  • बुटवल । भारत उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेला सहभागी भएर फर्किँदै गर्दा भएको सवारी दुर्घटनामा परी रुपन्देही देवदहका ३ जनाको मृत्यु भएको छ ।

    रुपन्देहीको देवदहबाट शुक्रबार ३५ जनाको टीम कुम्भमेला प्रस्थान गरेको थियो । मेलामा स्नान गरी फर्किँदै गर्दा सोमबार ७ जना सवार कार डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

    सो दुर्घटनामा परी देवदह–९ भलूहीका गणेश खनाल र उनकी श्रीमती दीपा खनाल र ४० वर्षकी गीता शर्माको निधन भएको इलाका प्रहरी कार्यालय बेलहिया (सुनौली) का इन्स्पेक्टर मुकेश न्यौपानेले जानकारी दिए । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

    घाइते हुनेहरुमा देवदह– ९ भलूहीकी कोपिला पोखरेल, उनका छोरा शुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र सवारी चालक भारतीय नागरिक रितेश दुवे रहेका छन् ।यूपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय कार सोमबार बिहान आजमगढ वाराणसी रोडको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । 

    मृतक ४५ वर्षिय गणेश पेशाले गाडी चालक र फेन्सी पसले थिए । उनी रिजर्भमा गाडी चलाउंथे ।  श्रीमतीले पसल हेर्थिन् । गणेशका एक छोरा एक छोरी छन् । छोरी कक्षा १० मा र छोरा कक्षा ७ मा देवदहको सगरमाथा बोर्डिङ स्कूलमा पढ्छन् । 
    घाइतेहरुलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि गोरखपुर पठाइएको छ । चालक निदाएर दुर्घटना भएको हुनसक्ने भारतीय प्रहरीको प्रारम्भिक अनुमान छ । 

    मृतक गणेशका ७० वर्षका बुवाले महाकुम्भ मेलामा नजाऊ भनेका थिए । दुःखद घटनाका कारण भलूही शोकमा डुबेको देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले बताए ।मृतकको शव नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको बताइएको छ । भारतको प्रयागराजमा १४४ वर्षमा हुने महाकुम्भ मेला यसवर्ष चलिरहेको छ ।

    कुम्भ मेला भने हरेक १२ वर्षमा चल्छ । दैनिक एक करोडभन्दा बढीले नदीमा स्नान गर्ने यो पवित्र स्थलमा भारतको सबैभन्दा पवित्र मानिने गंगा, यमुना र पौराणिक सरस्वती नदीको संगम समेत छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij