२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

किट विश्वविद्यालयको अमानवीय व्यवहार, नेपाली विद्यार्थी असुरक्षित

किट विश्वविद्यालयको अमानवीय व्यवहार, नेपाली विद्यार्थी असुरक्षित

किट विश्वविद्यालयको अमानवीय व्यवहार, नेपाली विद्यार्थी असुरक्षित

किट विश्वविद्यालयको अमानवीय व्यवहार, नेपाली विद्यार्थी असुरक्षित

किट विश्वविद्यालयको अमानवीय व्यवहार, नेपाली विद्यार्थी असुरक्षित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, फाल्गुण ६ २०८१
मंगलवार, फाल्गुण ६ २०८१
  • बुटवल । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी–किट) विश्वविद्यालयमा बिटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत भेटिएको घटनापछि नेपाली विद्यार्थीहरू अलपत्र परेका छन् । 

    लम्साल आइतबार साँझ आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । सो घटनापछि विश्वविधालयले नेपाली विद्यार्थीलाई जबर्जस्ती छात्रावासबाट निकालेको विद्यार्थीहरूले बताएका छन् ।

    विश्वविद्यालयले शुरुमा घटनाको ढाकछोप गर्ने प्रयास गरेको घटनाक्रमले देखाएको छ । तर नेपाली विद्यार्थीहरुले गरेको विरोधका कारण अहिले भने विश्वविधालय प्रशासनले नेपाली विद्यार्थीहरुलाई क्याम्पस र छात्राबासमा फर्किन आग्रह गरेको छ । चौतर्फी दबाबपछि प्रशासनले यस्तो अपिल गरे पनि नेपाली विद्यार्थीहरु भने आश्वस्त हुन सकेका छैनन् ।

    विश्वविद्यालय परिसरमा विद्यार्थीले प्रदर्शन गर्दा प्रहरीले लाठीचार्जसमेत गरेको थियो । प्रकृतिको मृत्युपछि विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीहरुलाई दुई घण्टाभित्र छात्रावास खाली गर्न धम्की समेत दिएको विद्यार्थीहरुको आरोप छ । 

    विश्वविद्यालयका कर्मचारीबाट तल्लो स्तरको काम भएको भन्दै भारतमै पनि विरोध शुरु भएको छ । अखिल भारतीय विद्यार्थी परिषद (एबीभिपी) ले घटनाको विरोध गर्दै विश्वविधालयले विधार्थीहरुलाई परिसर बाहिर निकालेको घटना अनैतिक र अमानवीय भएको भन्दै यस घटनाको निष्पक्ष जाँचको माग गरेको छ । साथै विश्वविधालयले विद्यार्थीप्रति गरेको व्यवहार असंबेदनशील भएको भन्दै एबीभीपीले गृहमन्त्रालयले हस्त क्षेप गर्न माग गरेको छ ।

    यस घटनामा भुनेवश्वर प्रहरीले आरोपी श्रीवास्तवलाई पक्राउ गरी अनुसन्धान थालेको बताएको छ । प्रहरीले विश्वविद्यालयमा र विद्यार्थीको मागअनुसार सबै प्रमाण जफत गरिसकेको छ । 

    प्रकृति लम्सालले पूर्वप्रेमीको यातनाका कारण आत्महत्या गरेको बुझिएको छ । विद्यार्थीहरूका अनुसार प्रकृति तीन वर्षयता भारतीय विद्यार्थी अद्विक श्रीवास्तवसँग प्रेम सम्बन्धमा रहेको र उनले श्रीवास्तवबाट पटकपटक मानसिक यातना खेप्दै आएको विद्यार्थीहरुले बताएका छन् ।

    श्रीवास्तवले प्रकृति प्रेम सम्बन्धमा रहेका बखत अश्लील भिडियो बनाएको र पटकपटक ‘ब्ल्याकमेल’ गर्दै आएको बताइएको छ ।  पटक पटक मानसिक तनाव दिएपछि प्रकृतिले विश्वविधालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयमा निवेदन दिए पनि कुनै कारबाही नगरेको बुझिएको छ । 

    भारतको यस घटनाको विषय नेपालमा सडकदेखि संसदसम्म पुगेको छ । विभिन्न विद्यार्थी संगठनहरुले यस घटनाको विरोध र न्यायिक छानबिनको माग गर्दै भारतीय दुताबास अगाडी प्रदर्शन गरेका छन् । त्यस्तै यो विषय संसदमा पनि उठेको छ । सोमबारको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले यो विषयलाई जोडदार रुपमा उठाएका छन् । रास्वपा सांसद सुमना श्रेष्ठले यो विषय उठान गर्न विशेष समय माग गरेपनि सभामुखले समय दिएका थिएनन् ।  

    यस घटनामा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग यस विषयमा संवाद भइरहेको बताएका थिए । सोमबार सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले भनेका थिए- ‘किट विश्वविद्यालयको होस्टेलमा एक जना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडियामा आएको छ। यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ ।'

    परराष्ट्रमन्त्री आरजु राणा देउवाले पनि यस घटनाको बारेमा वास्तविकता बुझ्न र नेपाली विद्यार्थीहरुलाई सहयोग समन्वय गर्न भारतस्थित नेपाली दुताबासलाई निर्देशन दिएको जानकारी दिएकी छन् । दुताबासले पनि सोमबार एक विज्ञप्ति जारी गर्दै विश्वविधालयसँग आफुहरु सम्पर्कमा रहेको र नेपाली विद्यार्थीहरुलाई सहयोग गरिरहेको बताएको थियो । 

    यसैबिच किट विश्वविद्यालयले प्रेस विज्ञप्ति जारी गर्दै आफूहरू समस्या समाधान गर्ने उपाय गरिरहेको र होस्टेल बस्न चाहने नेपाली विद्यार्थीलाई होस्टेलमा फर्कन आग्रह गरेको छ। साथै शैक्षिक क्षति पनि पूरा गराइदिने आश्वासन दिएको छ । 

    विश्वविधालयका कर्मचारीले नेपाली विधार्थीलाई गरेको दुर्व्यबहारको भिडियोसमेत सामाजिक सञ्जालमा भाइरल भएको । 

    यस घटनाले नेपाली विद्यार्थीहरु अहिलेसम्म आश्वस्त हुन नसकेको भन्दै अन्योलमा रहेका छन् । विश्वविधालयले जबरजस्ती निकालिएका विधार्थीहरु अहिले पनि रेलवे स्टेसनमा अलपत्र अवस्थामा रहेको र भारत वा नेपाल सरकारले उनीहरुको सुरक्षाप्रबन्ध मा ठोस पहल नगरेको विद्यार्थीहरुले बताएका छन् ।   

    सरकारले आधिकारीक रुपमा बुझ्न र सहयोग गर्ने काम गरिरहेको बताएपनि यति संबेदनशील विषयमा सरकारले औपचारिक रुपमा भारतीय राजदुतलाई बोलाएर बुझ्न नसकेको भन्दै सामाजिक सञ्जाल र मिडियामा आलोचना भइरहेको छ । शिक्षा मन्त्रालयका अनुसार उक्त विश्वविद्यालयमा १५ सयभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij