२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

९४ अंकसहित अर्घाखाँची अस्पताल लुम्बिनी प्रदेशकै दोस्रो

९४ अंकसहित अर्घाखाँची अस्पताल लुम्बिनी प्रदेशकै दोस्रो

९४ अंकसहित अर्घाखाँची अस्पताल लुम्बिनी प्रदेशकै दोस्रो

९४ अंकसहित अर्घाखाँची अस्पताल लुम्बिनी प्रदेशकै दोस्रो

९४ अंकसहित अर्घाखाँची अस्पताल लुम्बिनी प्रदेशकै दोस्रो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, फाल्गुण ७ २०८१
बुधवार, फाल्गुण ७ २०८१
  • लक्ष्मण घिमिरे  
    अर्घाखाँची
     उत्कृष्ट कार्य सम्पादन गरेपछी अर्घाखाँची अस्पताल लुम्बिनी प्रदेशकै दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।
    न्युनतम सेवा मापदण्ड कार्यन्वयन कार्यक्रम (एमएसएस) अन्तर्गत अर्घाखाँची अस्पतालको अनुगमन मुल्यांकन तथा समीक्षा गर्न प्रदेशबाट आएको विज्ञहरूको टोलिले अस्पताल प्रदेशमै दोश्रो स्थान प्राप्त गरेको घोषणा गरेको छ ।
    प्रदेशका १३ अस्पताल अनुगमन मूल्यांकन गर्दा अर्घाखाँची अस्पतालले ९४ अङ्क प्राप्त गरेको छ  भने मुल्यांकनमा बर्दिया अस्पताल ९७ अङ्क प्राप्त गरि पहिलो स्थानमा छ । कार्यक्रम  लुम्बिनी  प्रदेश, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य निर्देशनालयको आयोजनामा भएको कार्यक्रममा प्रदेशका पदाधिकारी, जिल्ला  समन्वय समिति प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठलगायतले उत्कृष्ट कार्य सम्पादन गरी अस्पतालको गरिमालाई उचाइमा पु¥याएको भन्दै अस्पताल परिवारलाई धन्यवाद दिएका थिए । 


    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारी तथा सम्पूर्ण स्वास्थ्यकर्मीलाई सेवा प्रवाहमा चुस्ततासंगै मुस्कानसहितको सेवा प्रदान गर्न आग्रह गरिएको छ । 


    अस्पताल प्रमुख डा.जगन्नाथ तिवारीले अस्पतालले ५० शैयाको मान्यता पाए पनि १५ शैयाकै शैलीमा चलिरहेको गुनासो गरे । भौतिक संरचना निर्माण र दक्ष स्वास्थ्यकर्मिको व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij