२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

चौतर्फी दबाबपछि बन्योे छानवीन समिति

चौतर्फी दबाबपछि बन्योे छानवीन समिति

चौतर्फी दबाबपछि बन्योे छानवीन समिति

चौतर्फी दबाबपछि बन्योे छानवीन समिति

चौतर्फी दबाबपछि बन्योे छानवीन समिति
बुधवार, फाल्गुण ७ २०८१
बुधवार, फाल्गुण ७ २०८१
  • लुम्बिनी संवाददाता
    बुटवल
    कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा भैरहवाकी प्रकृति लम्सालको मृत्युपछि सिर्जित परिस्थितिबारे छानिबन गर्न ओडिसा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।


    ओडिसा प्रदेश सरकारको सूचना तथा जनसम्पर्क विभागले प्रेस विज्ञप्ति जारी गर्दै छानबिन समिति गठन गरिएको उल्लेख गरेको छ । समितिमा गृह विभागबाट अतिरिक्त मुख्य सचिव, महिला तथा बालविकास विभागबाट प्रमुख सचिव, र उच्च शिक्षा विभागबाट आयुक्त सहसचिव सदस्य रहने भनिएको छ ।


    ‘कलेजमा प्रर्दशन गरिएका विद्यार्थीमाथि बल प्रयोग र दुव्र्यवहारका घटनाहरु बाहिर आएका छन्, त्यसमाथि अनुसन्धान भइरहेको छ र कानुनअनुसार कारबाही पनि हुनेछ’, विभागका निर्देशकले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘यसबारे कलेजलाई पनि जानकारी गराइएको छ र उच्चस्तरीय समितिको निष्कर्षका आधारमा कलेजमाथि उपयुक्त कानुनी र प्रशासनिक कारबाही गरिनेछ ।’


    विज्ञप्तिमा प्रदेश सरकार विद्यार्थीहरूको सुरक्षा, सम्मान र कल्याणका लागि सुनिश्चित गर्नका लागि प्रतिबद्ध छ । ‘ओडिसा सरकारले सबैलाई न्यायका लागि आवश्यक कदमहरु चाल्नेछ ।’– विज्ञप्तिमा भनिएको छ । आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।


    उनले आफूमाथि सोही कलेजमा अध्ययनरत अड्विक श्रीवास्तवले पटक–पटक मानसिक यातना दिइरहेको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध विभाग (आइआरओ) मा दुई पटक निवेदन दिएकी थिइन् । तर, कलेजले गम्भीरता देखाएको थिएन ।


    साँझबाटै विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए । तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै दमन गरेको थियो ।


    कलेजका सुरक्षागार्ड र बाउन्सरहरूले विद्यार्थीलाई कुटपिट गरेको र लखेटेको भिडियोहरु सामाजिक सञ्जालमा भाइरल समेत भएको थियो । उक्त विषयमा मंगलबार दिउँसो ओडिसाको विधानसभामा पनि कुरा उठेको थियो । चौतर्फी दबाबपछि ओडिसा सरकारले छानवीन समिति गठन गर्न बाध्य भएको हो । प्रकृति लम्सालको मृत्युपछि त्यहाँ रहेका नेपालीहरूलाई कुटपिट गर्दै निकालिएको छ । करिब तीन सय नेपाली विद्यार्थीहरू नेपाल फर्किन कलकत्तास्थित रेल स्टेशनमा पुगेका छन् । सोमबारदेखि निकालिएका अधिकांश विद्यार्थीहरू भोकै यात्रा गरिरहेका छन् । 


    यसैबिच केआइआइटीमा अध्ययनरत नेपालीको अवस्था बुझ्न दुई नेपाली सुरक्षा अधिकृत ओडिसा पुगेका छन् ।
    नेपाली दूतावासका कन्सुलर सञ्जीव शर्मा दास र नविन अधिकारी कलेजको होस्टलमा पुगेर विद्यार्थीहरूसँग वर्तमान अवस्थाबारे जानकारी लिएका हुन् ।दास नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हुन् भने अधिकारी राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का सहअनुसन्धान निर्देशक हुन् ।
    भारतका लागि नेपाली राजदूत शंकर शर्माका अनुसार, टोलीले विद्यार्थी, कलेज प्रशासन र प्रहरीसँग छुट्टाछुट्टै भेट गरेर स्थितिबारे जानकारी लिनेछ र आवश्यक समन्वय समेत गर्ने छ । कुटपिटमा संलग्न दुई सुरक्षागार्डलाई प्रहरीले पक्राउ गरिसकेको छ भने कलेजका कर्मचारीहरु पनि बर्खास्तीमा परेका छन् । विद्यार्थीले अपशब्द प्रयोग गरेर गालीगलौज गर्ने प्राध्यापकहरुले अहिले माफी माग्दै भिडिओ राखिरहेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij