२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

नसर्ने रोगको न्यूनीकरणको लागि एक महिने अभियान

नसर्ने रोगको न्यूनीकरणको लागि एक महिने अभियान

नसर्ने रोगको न्यूनीकरणको लागि एक महिने अभियान

नसर्ने रोगको न्यूनीकरणको लागि एक महिने अभियान

नसर्ने रोगको न्यूनीकरणको लागि एक महिने अभियान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, फाल्गुण ७ २०८१
बुधवार, फाल्गुण ७ २०८१
  • कृष्ण पोखरेल
    पाल्पा
     स्वास्थ्य कार्यालय पाल्पाले नसर्ने रोगहरुको अवस्था पहिचान र निदानका विषयमा एक महिने अभियान सञ्चालन गरेको छ ।  कार्यालयले सरोकारवाल पक्षसँग अन्तरक्रिया गरी परीक्षणको कामलाई तिव्रता दिएको छ । नसर्ने रोग न्यूनीकरणको लागि संघीय स्वास्थ्य मन्त्रालयले ७७ वटै जिल्ला र ७५३ वटा पालिकाहरुमा फागुन १ गते मसान्तसम्म एक महिने जनचेतना, खोज अनुसन्धान रोग परीक्षण पहिचानतथा उपचारका कार्यक्रमहरु सञ्चालन गरेको छ ।  नसर्ने रोगको न्यूनीकरणको लागि मधुमेह, उच्च रक्तचाप, मृगौला, शरीरको तौल मापनको अवस्था पत्ता लगाउन सरकारी स्वास्थ्य निःशुल्क परीक्षणको व्यवस्था गरिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । 
    नसर्ने रोगहरुलाई न्यूनीकरण गर्न स्वस्थकर खानपान र नियमित व्यायाम तथा तनाव व्यवस्थापनमा ध्यान दिनुपर्नेमा सहभागीहरुले जोड दिए । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले नियमित व्यायामको लागि नमूनाको रुपमा तानसेन, रामपुर र पूर्वखोलामा खुला व्यायाम संचालनमा ल्याएको छ । जिल्लामा पहिलोे चरणमा ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र क र ख वर्गका अपांग व्यक्तिहरुको घर घरमा पुगी निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरेको छ । 


    पाल्पामा प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले  ४० वर्षमाथिका व्यक्तिहरुलाई सुगर प्रेसरको निःशुल्क चेकजाँच, ३० वर्ष माथिका महिलाहरुलाई पाठेघर मुखको निःशुल्क परीक्षण, दम रोगको निःशुल्क परीक्षण तथा उपचार कार्यक्रम सञ्चालन गरेको छ । 


    यसैगरी जिल्ला स्वास्थ्य कार्यालयबाट विभिन्न वर्गको मुटु, मृगौला र क्यान्सर उपचारको लागि २ लाख रुपैयाँ र अन्य १० प्रकारका नसर्ने रोगको उपचारका लागि एक रुपैयाँ सहयोग प्रदान गर्दै आएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले जानकारी दिए । 


    प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले अहिले सर्ने रोगभन्दा नसर्ने रोगका बिरामीहरु बढ्दै गएकोले नसर्ने रोगहरुको जनचेतना अभियानलाई प्रभावकारी रुपमा सञ्चालनको लागि स्वास्थ्य कार्यालय, जिल्लाका अस्पताल, स्वास्थ्यचौकी तथा पालिकाहरुसँग समन्वयको काम गर्दै आएको बताए । 


    समय समयमा छड्के चेकदेखि कार्यालय प्रमुखहरुको नियमित बैठक, पालिका प्रमुखहरुको बैठकहरुमा स्वास्थ्य अवस्था र समस्याकाबारेमा कुराहरु उठाउँदै आएको प्रजिअ सुवेदीले बताए । प्रजातन्त्र दिवसको दिन फागुन ७ गते बिहान ८ बजे दरबार परिसमा सबैको निःशुल्क रुपमा सुगर परीक्षण, ब्लड प्रेसर जाँच गरिने कार्यक्रम रहेको प्रजिअ सुवेदीले जानकारी दिए । 


    कार्यक्रममा जिल्ला अस्पताल पाल्पाका मेडिकल अधिकृत विवेक पौडेलले अहिले जिल्ला अस्पतालमा सबै किसिमका परीक्षण तथा ल्याव सेवादेखि धेरैजसो रोगहरुको उपचारको व्यवस्था रहेको बताए । जिल्ला अस्पतालले कमभन्दा कम रिफर गर्ने गरी गुणस्तरीय उपचारमा ध्यान दिएको डा. पौडेलले जोड दिए ।
     नसर्ने रोग निकै आक्रामाक तरिकाले वृद्धि भएकोले समयमै परीक्षण गरेर ज्यान र धन जोगाउन सकिने डा. पौडेलले बताए । 


     पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले नसर्ने रोगको जनचेतना फैलाउन तालिका नै बनाएर काम गर्नुपर्ने, सरोकार निकायसँग अन्तरक्रिया गर्ने, समय समयमा नमूना परीक्षण कार्यक्रमहरु बढाउनु पर्ने पत्रकारसँग अन्तरक्रिया नियमित रुपमा गर्नुपर्नेमा जोड दिए । कार्यक्रम पत्रकार नारायण न्यौपानेको सहजीकरणमा भएको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij