बुटवल । प्यूठानको बाग्दुलामा बसको ठक्करबाट डेढवर्षिया वालिकाको ज्यान गएको छ।
ना ४ ख १३०९ नम्बरको बसको ठक्करबाट जिल्लाको नौबहिनी गाउँपालिका ७ की डेढ बर्षिया बालिका तिर्सना पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक बालिकाको पोष्टमाटमका लागि जिल्ला अस्पताल बिजुवार राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




