२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

राष्ट्र्पपतिको उम्मेदवारी छोड्न बाइडेनमाथि दबाब

राष्ट्र्पपतिको उम्मेदवारी छोड्न बाइडेनमाथि दबाब

राष्ट्र्पपतिको उम्मेदवारी छोड्न बाइडेनमाथि दबाब

राष्ट्र्पपतिको उम्मेदवारी छोड्न बाइडेनमाथि दबाब

राष्ट्र्पपतिको उम्मेदवारी छोड्न बाइडेनमाथि दबाब
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ २१ २०८१
बिहिवार, आषाढ २१ २०८१
  • काठमाडौँ । अमेरिकामा गत हप्ताको राष्ट्रपतिको बहस पछि, राष्ट्रपति जो बाइडेनमाथि आगामी निर्वाचनमा राष्ट्रपतिको उम्मेदवारबाट पछि हट्ने दबाब बढेको छ ।

    ८१ बर्षिय बाइडेन बढ्दो उमेर र स्वास्थ्य समस्याका कारण राष्ट्रपतिको उम्मेदवारको रुपमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई चुनौती दिन नसक्ने भन्दै डेमोक्रेटिक पार्टी भित्र उनले उम्मेदवारी छोड्नु पर्ने माग हुन थालेको हो । चौतर्फी दबाब बढ्न थालेपछि बाइडेनले आफ्नो परिवार र क्याम्पेनका अधिकारीहरुसँग यस विषयमा छलफल गरिरहेको अमेरिकी मिडियाहरुले दाबि गरेका छन् । साथै उनले छिटै डेमोक्रेटिक पार्टीका सांसद र गभर्नरहरुसँग छलफल गर्ने बताइएको छ । डेमोक्र्याटिक पार्टीका नेताहरूले उनलाई राष्ट्रपति पदको लागि आफ्नो उम्मेदवारी त्याग्न आग्रह गरिरहेका छन् ।

    टेक्सासका सांसद लोयड डगेट डेमोक्रेटिक पार्टीका पहिलो नेता हुन् जसले सार्वजनिक रूपमा यो माग गरेका छन् । गत जुन २८ आयोजित राष्ट्रपति बहसको क्रममा, बाइडेन धेरै पटक हडबडिरहेको र सुस्त देखिएको थियो । सो बहस ट्रम्पले जितेका थिए । त्यसयता उनको उमेर र क्षमतामाथि पार्टीभित्र प्रश्न उठिरहेको छ ।

    समाचार एजेन्सी रोयटर्सले गरेको सर्वेक्षणका अनुसार प्रत्येक ३ पार्टी नेतामध्ये १ जनाले यस हप्ता राष्ट्रपतिको उम्मेदवारीबाट बाइडेनले आफ्नो नाम फिर्ता लिनुपर्ने धारणा राखेका छन् ।

    अर्कोतर्फ बाईडेनले भने बहसमा राम्रो प्रदर्शन नगरेकोमा स्पष्टीकरण दिदै केही दिनसम्म आफू धेरै देशको भ्रमणमा गएको र लगातारको यात्राका कारण बहसको समयमा थाकेको बताएका छन् ।

    बाइडेनले उम्मेदवारी फिर्ता लिनुपर्ने आवाज उठिरहेका बेला डेमोक्रेटिक पार्टीबाट सम्भावित उम्मेदवारको समेत चर्चा शुरु भएको छ । यस बीचमा वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पुर्व प्रथम महिला मिचेल ओबामाको नाम सबैभन्दा अगाडी रहेको छ । धेरै डेमोक्रेट नेताहरुले कमला ह्यारिशलाई उम्मेदवार बनाउनुपर्ने बताएका छन् ।

    तर उनले ट्रम्पलाई टक्कर दिन भने मुश्किल हुने बताइएको छ । केहि डेमोक्रेटहरुले भने मिचेल ओबामा उम्मेदवार बनेमा ट्रम्प सजिलै पराजित हुने अनुमान गरेका छन् । तर मिचेलले भने आफु राष्ट्रपतिको दौडमा नभएको बताउदै आएकी छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij