२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

लुम्बिनी प्रदेशका सबै विद्यालयमा नर्स कार्यक्रम गरिने

लुम्बिनी प्रदेशका सबै विद्यालयमा नर्स कार्यक्रम गरिने

लुम्बिनी प्रदेशका सबै विद्यालयमा नर्स कार्यक्रम गरिने

लुम्बिनी प्रदेशका सबै विद्यालयमा नर्स कार्यक्रम गरिने

लुम्बिनी प्रदेशका सबै विद्यालयमा नर्स कार्यक्रम गरिने
आइतवार, फाल्गुण ११ २०८१
आइतवार, फाल्गुण ११ २०८१
  • कृष्ण पोखरेल
    पाल्पा
     लुम्बिनी प्रदेश स्वास्थ्यमन्त्री खेमबहादुर सारुले आगामी वर्षदेखि लुम्बिनी प्रदेशका सबै विद्यालयमा नर्स कार्यक्रम सञ्चालन गरिने बताएका छन् । 
    पाल्पा प्यारागन बोर्डिङ् स्कुल तानसेन पाल्पाको २५औं वार्षिकउत्सव, अविभावक दिवस एवं रजतजयन्तीको समारोहलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री सारुले, विद्यालय शिक्षालाई स्वास्थ्य मैत्रीबनाउँदै गुणस्तरीय शिक्षालाई प्राथमिकता दिन प्रदेश सरकारले आगामी वर्षदेखि प्रदेशभरीका विद्यालयहरुमा घुमन्ते नर्स अभियान सञ्चालनको तयारीमा प्रदेश सरकार लागिपरेको स्वास्थ्यमन्त्री सारुले बताए
     विद्यालय शिक्षालाई स्वास्थ्यसहितको दिगो शिक्षा बनाउन, सबै बालबालिकाहरुलाई सबै किसिमबाट विद्यालयको पहुँचमा ल्याउन, स्वास्थ्य समस्याका कारण बालबालिकाहरुको कक्षा छोड्ने दर घटाउन लुम्बिनी प्रदेश सरकारले यो अभियान सञ्चालन गर्न लागेको स्वास्थ्यमन्त्री सारुले जोड दिए । जनताको सुविधालाई ध्यानमा राखी मुटु, क्यान्सर र मृगौला रोगीहरुले प्रदेश सरकारबाट  पाउने २ लाख रुपैयाँको उपचार खर्च सिफारिस लिन प्रदेश राजधानी दाङ भालुवाङ नै जानुपर्ने बाध्यताको ऐन नियम, कार्यविधि परिवर्तन गरेर अहिले जिल्ला जिल्लामा स्वास्थ्य कार्यालयबाटै सिफारिसको व्यवस्था मिलाएको स्वास्थ्यमन्त्री सारुले बताए । 


     विद्यालय शिक्षा बालबालिकाको सम्पूर्ण सिकाइको जग र क्षेत्र भएकोले विद्यालयले पढाइ सँगसँगै अन्य किसिमका कार्यक्रमहरु सञ्चालन गरी विद्यार्थीको चौतर्फी विकासमा ध्यान दिनुपर्ने स्वास्थ्यमन्त्र िसारुले जोड दिए । पाल्पा प्यारागन स्कुलले बालबालिकाको नेतृत्व क्षमता विकासको लागि स्काउट, खोज तथा अनुसन्धान क्लब, आत्मरक्षासहितको खेलकुद कार्यक्रम, विद्यालयभित्रै साहित्य क्लब, वातावरण तथा पर्यटन क्लब, जस्ता कार्यक्रमहरु नियमित रुपमा सञ्चालन गर्दै आएको मन्त्री सारुले प्रशंसा व्यक्त गरे । 


     विद्यालय शिक्षालाई गुणस्तरीय बनाउन, वालबालिकाहरुलाई सही बाटोमा हिडाउन विद्यालय व्यवस्थापन समिति, शिक्षक कर्मचारी, अविभावकहरुको आफ्नो जिम्मेवारीअनुसार काम गर्नुपर्नेमा स्वास्थ्यमन्त्री सारुले जोड दिए । देशमा अहिले केही पनि भएको छैन, सबै खराबै खराब छ भनेर नकारात्मक प्रचारभन्दा तुलना गरेर पहिले के थियो अहिले के भएको छ सही विश्लेषण तथा खोज अनुसन्धान गरेर मात्र आफ्ना धारणाहरु सार्वजनिक गरी समाजमा सकारात्क सोच ल्याउनु पर्नेमा मन्त्री सारुले जोड दिए । विद्यालयमा बालबालिकाहरुलाई संस्कार सिकाउनु पर्ने, राम्रो संस्कार सिकेको बालबालिकाले सकारात्मक सोंच राख्ने, सकारात्क सोंचबाट नै राम्रो काम हुने, राम्रो कामबाट नै राम्रो नतिजा आउने स्वास्थ्यमन्त्री सारुले जनाए । मन्त्री सारुले विद्यालयको रजतजयन्ती स्मारिक समेत विमोचन गरे । 


     रजतजयन्तीलाई सम्बोधन गर्दै पाल्पा प्याव्सनका अध्यक्ष डासुराम पन्त, तानसेन नगरपालिका ३ नं. वडा अध्यक्ष बाबुरत्न शाक्य, साहित्यकार राजेन्द्रगोपाल सिंहलगायतले निजी क्षेत्रबाट विद्यालय सञ्चालन गर्न कठिन भएको समयमा २२ जना शिक्षककर्मचारी राखेर तानसेनमा गुणस्तरीय शिक्षा प्रदान गरी  नमूना विद्यालयको रुपमा परिचित भएको बताए । 


    रजतजयन्तीको अवसरमा विद्यालयका शिक्षककर्मचारी, विद्यालय सञ्चालकहरु, शेयर सदस्यहरु, विभिन्न विधामा विजयी तथा उत्कृष्ट भएका विद्यार्थीहरु, अविभावक, जेष्ट नागरिक, पत्रकार तथा वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतिय भएका बालबालिकाहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यालयमा प्रधानाध्यापक गंगाबहादुर खत्रीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले गरेको गतिविधि, विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक गतिविधि प्रस्तुत गरेका थिए । रजतजयन्ती विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदिश भट्टराईको अध्यक्षता, कक्षा ५ की विद्यार्थी ओजस्वी पाण्डेको स्वागत र विद्यार्थीद्वय केकी बस्याल र आरती बस्यालको सञ्चालनमा भएको थियो । कार्यक्रममा बालबालिकाहरुले विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij