२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

प्युठानमा मृत भेटिएका दम्पतीको हत्या भएको खुल्यो

प्युठानमा मृत भेटिएका दम्पतीको हत्या भएको खुल्यो

प्युठानमा मृत भेटिएका दम्पतीको हत्या भएको खुल्यो

प्युठानमा मृत भेटिएका दम्पतीको हत्या भएको खुल्यो

प्युठानमा मृत भेटिएका दम्पतीको हत्या भएको खुल्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, फाल्गुण ११ २०८१
आइतवार, फाल्गुण ११ २०८१
  • काठमाडौं । प्युठानमा मृत अवस्थामा भेटिएका दम्पतीको हत्या भएको खुलेको छ ।

    मृत भेटिएको जानकारी पाएपछि घटनास्थल पुगेर अनुसन्धान गरेको प्रहरीले हत्या भएको निष्कर्ष निकालेर अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी दिपेश बस्यालले मृत फेला परेका दम्पत्तिको हत्या भएको खुलेको बताए ।

    शनिबार दिउँसो साढे १२ बजेतिरको समयमा माण्डबी गाउँपालिका–२ रातापानीमा ६० वर्षीय रामबहादुर परियार र उनकी श्रीमती ५६ वर्षीय हुकमा परियार मृत अवस्थामा फेला परेको भन्दै प्रहरीलाई खबर आएको आएको थियो ।

    छिमेकीले टेलिफोनमार्फत जानकारी गराएपछि स्थानीय प्रहरी चौकी तिरामबाट प्रहरी खटिएको थियो । पछि जिल्लाबाट डीएसपी बस्यालको टिम अनुसन्धानका लागि खटिएको थियो । अनुसन्धानको क्रममा टाउकामा प्रहार गरेर विभत्स तरिकाले हत्या गरेको देखिएको डीएसपी बस्यालले बताए ।

    घटनाको अनुसन्धान जारी रहेको उनले बताएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij