२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

मधेश प्रदेशबाहेकका अरु ठाउँमा वर्षा र हिमपातको सम्भावना, तराईको तापक्रम बढ्न थाल्यो

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, फाल्गुण १२ २०८१
सोमवार, फाल्गुण १२ २०८१
  • बुटवल । कोशी  र बागमती प्रदेशका पहाडी भूभागका एक, दुई ठाउँमा हल्का वर्षा भएको छ । गएको १२ घण्टामा मोरङको केराबारी, सप्तरीको रुपेनी बजारलगायतका क्षेत्रमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार झापा, इलाम सङ्खुवासभा, मकवानपुर, भक्तपुरलगायतका ठाउँमा पनि छिटपुट पानी परेको छ ।

    आज दिउँसो पनि देशका धेरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मधेश प्रदेशबाहेक अरु प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँ तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक, दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । भोलिदेखि मौसममा थप सुधार हुने मौसमविद् विनु महर्जनले बताए ।

    यसैबीच तराईको तापक्रम बढ्न थालेको छ । महाशाखाका अनुसार हिजो जनकपुर र भैरहवाको अधिक्तम तापक्रम ३० डिग्री पुगेको छ भने नेपालगन्ज र धनगढीको  २८ दशमलव २ डिग्री सेल्सियस पुगेको छ ।पूर्वी तराईमा न्यूनतम तापक्रम पनि बढ्दो रहेको छ । यो वर्षको हिउँदमा अहिलेसम्म उच्च  हिमाली र पहाडी भागमा हल्का हिमपात र वर्र्षा भए  पनि तराई सुक्खा नै छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij