२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

इगोको बदलामा काका काकीको हत्या

इगोको बदलामा काका काकीको हत्या

इगोको बदलामा काका काकीको हत्या

इगोको बदलामा काका काकीको हत्या

इगोको बदलामा काका काकीको हत्या
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, फाल्गुण १२ २०८१
सोमवार, फाल्गुण १२ २०८१
  • बिजुवार । माण्डवी गाउँपालिका २, रातापानीमा ६० वर्षीय रामबहादुर परियार र उनकी पत्नी ५६ वर्षीया हुकुमा परियारको हत्या प्रकरणमा ३४ वर्षीय पङ्कज परियारलाई प्रहरीले पक्राउ गरेको छ। पङ्कजले आफ्नै काका र काकीको हत्या गरेको पुष्टि भएको छ।

    घटनाको जानकारी पछि, जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नायब उपरीक्षक दीपेश बस्यालको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । डिएसपी बस्यालका अनुसार  रिसको झोँकमा घन प्रहार गरी आफ्ना काका र काकीको हत्या गरेको पङ्कजले प्रहरीलाई बयान दिएका छन्।

    युवकले हत्या गरेको स्वीकारेका छन्, डिएसपी बस्यालले भने,  प्रहरीसँग सोधपुछका क्रममा पङ्कजले , “सधैँ गाली गर्थे, हेप्थे, थारो भन्थे, सहन सकिनँ घनले हानेर भनी स्वीकार गरेका छन् ।

    एक हप्ताअघि रामबहादुरले पङ्कजलाई ‘स्वास्नी पाउन नसकेको थारो’ भन्दै गाली गरेका थिए । यस घटनाले पङ्कजको मनमा घृणा र आक्रोश सिर्जना गरेको थियो। शनिवार राति रक्सी सेवन गरी, पङ्कजले घरको दोस्रो तलाबाट प्रवेश गरेका थिए। सुतिरहेका दम्पतीलाई देखेपछि उनले घन उठाएर तीन  तीन पटक टाउकोमा प्रहार गरेका थिए । 

    प्रहरीले  घटनास्थलबाट ५० मिटर परको बारीबाट रगतले लतपतिएको घन र  मृतकहरूको रगत पुछेको व्लाङ्केट वरामत गरेको छ । डिएसपी बस्यालले हत्याको सूचना दिने  पहिलो व्यक्ति नै पङ्कज भएको समेत जानकारी दिए ।

    उनले,‘जसले हामीलाई सबैभन्दा पहिला घटना शङ्कास्पद छ भनेर सूचना दिएको थियो, उसैले दम्पतीको हत्या गरेको खुल्यो,’ भने। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij