२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

म्याग्दीमा ३.४ देखि ३.६ म्याग्निच्युडका चार भूकम्प

म्याग्दीमा ३.४ देखि ३.६ म्याग्निच्युडका चार भूकम्प

म्याग्दीमा ३.४ देखि ३.६ म्याग्निच्युडका चार भूकम्प

म्याग्दीमा ३.४ देखि ३.६ म्याग्निच्युडका चार भूकम्प

म्याग्दीमा ३.४ देखि ३.६ म्याग्निच्युडका चार भूकम्प
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, फाल्गुण १३ २०८१
मंगलवार, फाल्गुण १३ २०८१
  • काठमाडौं । म्याग्दीका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार (फागुन १३) बिहान ३.४ देखि ३.६ म्याग्निच्युडका चार धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    बिहान ९ बजेर २६ मिनेटमा म्याग्दीको मुरी आसपास केन्द्रविन्दु भएको ३.६ म्याग्निच्युडको धक्का मापन गरिएको केन्द्रले जानकारी गराएको छ । त्यसअघि, मंगलबार बिहान ९ बजेर १८ मिनेटमा म्याग्दीकै मुना आसपास केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    यसै दिन बिहान ६ बजेर १३ मिनेटमा म्याग्दीको देवीस्थान आसपास केन्द्रविन्दु भएको ३.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो । मंगलबार बिहान नै ५ बजेर ५२ मिनेटमा म्याग्दीकै डाँडागाउँ आसपास केन्द्रविन्दु भएको समान ३.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको केन्द्रले जनाएको छ ।

    केन्द्रका अनुसार, यी साना धक्का हुन् । यी धक्का असर गर्ने खालका होइनन् । र, यस्ता सानातिना धक्का मापन हुनु स्वाभाविक प्रक्रिया हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij