२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

प्रहरी र स्थानीय विच झड्प हुदा प्रहरीको गाडीमा आगजनी

प्रहरी र स्थानीय विच झड्प हुदा प्रहरीको गाडीमा आगजनी

प्रहरी र स्थानीय विच झड्प हुदा प्रहरीको गाडीमा आगजनी

प्रहरी र स्थानीय विच झड्प हुदा प्रहरीको गाडीमा आगजनी

प्रहरी र स्थानीय विच झड्प हुदा प्रहरीको गाडीमा आगजनी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, फाल्गुण १३ २०८१
मंगलवार, फाल्गुण १३ २०८१
  • नवलपरासी । पश्चिम नवलपरासीको पाल्ही नन्दन गाउँ पालिकाको बेलासपुरमा प्रहरी र स्थानीय विच झड्प हुदा इलाका प्रहरी कार्यालय महेशपुरको गाडीमा आगजनी भएको छ  । स्थानीय बिच भएको झगडामा स्थानीयले इलाका प्रहरी कार्यालय महेशपुरको बा १ ज ७४४८ नम्वरको गाडीमा आगजनी गरेको नवलपरासी पश्चिमका एस पी ज्ञानेन्द्र पुया्‌लले वताए ।

    उनका अनुसार सोही स्थानमा रहेको कवाडको गोदाममा पनि आगलागी भएको छ । स्थानीय बिचको झगडाले उग्र रुप लिएपछि झगडा सान्त सार्न प्रहरी लिएर गएको प्रहरीको गाडीमा आगजनी गर्न खोजे पछि प्रहरीले २ राउन्ड हवाई फायर समेत गरेको जनाएको छ । झड्पमा परी स्थानीय र प्रहरी गरी ७ जना घाईते भएका छन । जसमा स्थानीय ३ र स —सस्त्र प्रहरी ४ रहेका छन ।

     घाईते हुने स्थानीयमा मोहरम खवरीयाँ, चोकट मुसलमान र इसाक अली केटापक्षकै ४५ वर्षीय बैजनाथ प्रसाद लोनियाका रहेको छन । प्रेम सम्बन्धको विषयलाई लिएर उत्पन्न विवादमा झडप हुँदा अन्य १५ /२० जना अन्य सामान्य घाइते भएका छन् । एकको अवस्था गम्भीर छ । जिल्लाको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ३ बेलासपुरमा सोमबार साँझ प्रेम सम्बन्ध राखेका केटा पक्ष र केटी पक्षबीच झडप भएको थियो ।

    प्रहरीले आगजनीमा संलग्न भएका चार ५ जनालाई पक्राउ गरिएको जनाएको छ ।  अन्य खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट सदरमुकामबाट करिब ६ किलोमिटरको दुरीमा पर्दछ । झडपका क्रममा केटा पक्षको समूहले केटी पक्षका आफन्तको कवार्ड गोदाममा समेत आगजनी गरी ध्वस्त बनाएका छन् ।  

    सोमबार साँझ केटाका भाइलाई बेलासपुर आउँदा मोहरमका छोराको समूहले कुटपिट गरेपछि विवादले उग्ररुप लिएको स्थानीयले बताएका छन् । मंगलबार कुटपिटको कारण सोध्दै बिहान केटा पक्षका समूह मोहरमको घरमा पुगेपछि दुई समूहबीच झडप सुरु भएको हो । उनिहरु दुबै पक्ष विच पहीले पनि बिबाद हुदै आएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij