२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

विकृति र विसंगति अन्त्यका लागि आध्यात्मिक जागरण आवश्यकः मुख्यमन्त्री आचार्य

विकृति र विसंगति अन्त्यका लागि आध्यात्मिक जागरण आवश्यकः मुख्यमन्त्री आचार्य

विकृति र विसंगति अन्त्यका लागि आध्यात्मिक जागरण आवश्यकः मुख्यमन्त्री आचार्य

विकृति र विसंगति अन्त्यका लागि आध्यात्मिक जागरण आवश्यकः मुख्यमन्त्री आचार्य

विकृति र विसंगति अन्त्यका लागि आध्यात्मिक जागरण आवश्यकः मुख्यमन्त्री आचार्य
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, फाल्गुण १३ २०८१
मंगलवार, फाल्गुण १३ २०८१
  • बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समाजमा रहेका विकृति र विसंगतिलाई अन्त्य गर्न आध्यात्मिक जागरण आवश्यक रहेको बताएका छन । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, ढवाह शाखा, बुटवलद्वारा आयोजित शिवरात्रि महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले समाज परिवर्तनका लागि आध्यात्मिक जागरणको खाँचो रहेको औंल्याएका हुन ।


    ‘समाजमा रहेका विकृति र विसंगति अन्त्य गर्नका लागि समाज परिवर्तनको आन्दोलनमा समर्पित हुन जरुरी छ,’ मुख्यमन्त्री आचार्यले भने,‘समुन्नत समाज विकास गर्ने महान लक्ष्यसहित अघि बढ्नुपर्छ । यसका लागि आध्यात्मिक जागरण आवश्यक छ ।’
    उनले ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले समाजमा सकारात्मक चिन्तन र दृष्टिकोण निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आध्यात्मिक जागरणको अभियानलाई अझ प्रवद्र्धन गर्नुपर्ने बताए ।  साथै, आफू बिरामी पर्दा संस्थाले साथ दिएकै कारण आत्मबल बढाउन प्रेरणा प्राप्त भएको र नयाँ जीवन पाएको अनुभव पनि उनले साझा गरे ।

    ‘म गम्भीर बिरामी भएर थला परेको बेलामा मेरो मनोबल उच्च बनाउन प्रेरणा दिने कार्य भयो । आत्मविश्वास जगाउने महत्वपूर्ण भूमिका यस संस्थाले खेल्यो । फलस्वरूप, म आज यहाँ उभिन सफल भएको छु,’ मुख्यमन्त्री आचार्यले भने,‘आत्मविश्वास जगाउने अभियानलाई अझ विस्तार गर्न आवश्यक छ ।’

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमला लगायतको विशेष उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij