बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विद्यार्थीहरुलाई ईमान्दारीताको साथ आफ्नो पढाईलाई निरन्तरता दिनको लागि शुझाब दिएका छन् ।
अनेरास्ववियु रुपन्देहीले एसईई परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्न विद्यार्थीहरुको आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले ईमान्दारीताको साथमा अध्ययनलाई निरन्तरता दिन सके जीवनमा सफलता हासिल गर्न सकिने बताए ।
अभिभावकको चाहानामा भन्दा विद्यार्थीको रुचिको आधारमा विषय छनोट गरेर पढ्नको लागि ओलीले शुझाब दिए । नेपालीहरु बहादुरीका मात्र नभएर बिद्धानहरुका पुर्खा रहेको अध्यक्ष ओलीले दाबी गर्दै प्रचारप्रसारको कमीले गर्दा नेपाली बिद्धानहरुमा ओझेमा परेको बताए।
ऋषिमुनीहरुले यही भूमिबाट अध्ययन, अनुसन्धान र आविष्कार गरेको बताउँदै उनले नेपाल ज्ञानको भूमि भएको र अहिलेको पुस्ताले नेपालमै सम्भावना देख्नको लागि शुझाब दिए ।
यस्तै ओलीले एसईईमा मौका परीक्षामा बसेका विद्यार्थीहरुलाई अनलाईन कक्षा सञ्चालन गर्ने समेत बताएका छन् ।
अंग्रेजी, गणित , बिज्ञान लगायतका विषयहरुमा अनलाईन कक्षा सञ्चालनको लागि तयारी गरिएको र विद्यार्थीहरुलाई आफ्नो फेसबुक पेजमा जोडिनको लागि एमाले अध्यक्ष ओलीले आग्रह गरे ।
यस्तै कार्यक्रममा रुपन्देहीको सैनामैनामा रहेको रामापुर माध्यमिक विद्यालयबाट एसईईमा ४ जीपीए प्राप्त गर्ने कृतिम भट्टराईलाई खादा तथा दोसल्ला ओडाएर सम्मान समेत गरिएको थियो ।




