२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

किसान प्रोत्साहनको अनुकरणीय उदाहरण

किसान प्रोत्साहनको अनुकरणीय उदाहरण

किसान प्रोत्साहनको अनुकरणीय उदाहरण

किसान प्रोत्साहनको अनुकरणीय उदाहरण

किसान प्रोत्साहनको अनुकरणीय उदाहरण
बुधवार, फाल्गुण १४ २०८१
बुधवार, फाल्गुण १४ २०८१
  •  उत्पादनले बजार नपाएर किसानहरु निरुत्साहित भएको अवस्थामा विद्यालयले गरेको यो कार्य  देशभरका लागि अनुशरणको विषय हुनसक्छ  ।   
    लुम्बिनी संवाददाता
    बुटवल
    चार दिनअघि बुटवलको दीप बोर्डिङ्का प्राचार्य टिकाराम न्यौपाने गुल्मी दिगाममा पठाउने तरकारी खरिद गर्न बुटवलको कृषि थोक बजार गए ।  त्यहाँ  रुपन्देहीको शुद्धोधन गाउँपालिका –१ बेलवाका किसानहरुले बन्दागोभी बिक्री गर्दै थिए । थोक बजारमा उनीहरुले प्रति केजी ५ रुपैयाँका दरले बिक्री गर्ने न्यौपानेले जानकारी पाए । 


    भेटका क्रममा किसानहरुले गाउँमा एकैपटक धेरै उत्पादन हुँदा बन्दागोभीले बजार र लागत मूल्य पाउन नसक्दा कहिले ३ रुपैयाँ त कहिले २ रुपैयाँ समेत थोकमा बेच्न बाध्य भएको बताए । किसानका कुराले न्यौपानेको मनमा एक खालको पीडा भयो । 
    न्यौपानेको मनमा ती किसानका केही उत्पादन खरिद गरिदिन सके उनीहरुलाई राहत होल्ला भन्ने सोचेर बुटवल वडा नं. ८ का अध्यक्ष यज्ञप्रसाद पंगेनीसँग सहकार्यको प्रस्ताव गरे । वडाध्यक्षले न्यौपानेको आग्रह सहजै स्वीकार गरे । 


    ‘किसानले त्यति धेरै मेहनत र दुःख गरेर उब्जाएका कृषि उपजले लागत मूल्य पनि नपाएको देखेर साँच्चिकै मनमा पीडा र किसानप्रति सहानुभूति जाग्यो,’ न्यौपानेले भने–‘७० प्रतिशत बढी किसान भएको देशमा उनीहरुलाई न बजार छ, न उचित मूल्य छ न सम्मान छ त्यसैले अन्यत्रका लागि उदाहरण बन्न सक्छ भनेर विद्यालयले वडासँग मिलेर ३० क्वीन्टल बन्दागोभी  खरिद र किसानलाई सम्मान गर्ने निर्णय गरेको हो ।’ 


    सोही अनुसारकिसानले सोमबार २० क्वीन्टल र मंगलबार १० क्वीन्टल बन्दागोभी खरिद गरेर विद्यालयमा ल्याए । 
    वडाको १२ हजार ५ सय र विद्यालयको १२ हजार ५ सय गरी २५ हजार रुपैयाँमा खरिद गरिएको उक्त बन्दागोभी विद्यालयमा अध्ययनरत २५ सय जना विद्यार्थी र २ सय बढी शिक्षक शिक्षिकालाई निःशुल्क वितरण गरिएको प्राचार्य न्यौपानेले बताए । 
    ‘हामीले खरिद नगरेको भए किसानले बन्दागोभी खेतमै नष्ट गर्न सक्ने बताएका थिए, त्यसैले तुरुन्तै खरिद गरिदिएकाहौ,’ प्राचार्य न्यौपानेले भने– ‘कृषिप्रधान मुलुकमा किसानले बजार र उचित मूल्य पाउने वातावरण बनाउन विद्यालयहरुको पनि दायित्व हुनुपर्छ, किसानसँग विद्यार्थीलाई जोड्न पनि यो काम गरेका हौं ।’ 


    हरेक  वडामा विद्यालय सञ्चालनमा रहेकाले वडा र विद्यालय मिलेर स्थानीय उत्पादन खरिद गरिदिने हो भने किसानले आफ्ना उत्पादन फ्याँक्न वा नष्ट गर्नुपर्ने अवस्थामा धेरै हदसम्म कमी आउने वडाध्यक्ष पंगेनीले बताए । बन्दागोभी खरिदसँगै विद्यालयले तरकारी खेती गर्दै आएका चारजना किसानलाई दोसल्ला र कदरपत्रले सम्मान समेत गरेको छ । किसानलाई हौसला दिंदै कृषि पेशामा टिकाइ राख्न राज्य र निजी क्षेत्रले किसानको उचित सम्मान र प्रोत्साहन गर्न आवश्यक रहेको प्राचार्य न्यौपानेले बताए ।  
    विद्यालय  र वडा कार्यालयले खेर जान लागेको बन्दागोभी खरिद गरिदिएपछि आफूहरुलाई  राहत र हौसला मिलेको राममिलन लोधले बताए । ‘लागत पनि नउठ्ने मूल्यमा बेच्न भन्दा खेतमै नष्ट गर्दा मल हुन्छ भनेर जोत्न ठिक्क परेका बेला स्कूलले चारजना किसानको ३० क्वीन्टल बन्दागोभी गरिद गरेर हौसला दिएको छ, यस्तो काम सबै वडा र स्कूलले गर्ने हो भने किसानले मूल्य पनि पाउने र नबिकेर फ्यांक्न पर्ने अवस्था आउने थिएन ।’–अर्का किसान उमेश मल्लाहले भने ।  


    जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चापागाईंले कृषि उत्पादनले बजार नपाएर निरुत्साहित भएको अवस्थामा निजी विद्यालय र वडा कार्यालयले किसानको उत्पादन खरिद गरेर प्रोत्साहन गरेको विषय  देशभरका लागि अनुशरणीय विषय भएको बताए । 
      

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij