२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

देवस्थल मन्दिरमा महाशिवरात्रीको अवसरमा जलार्पण कार्यक्रम

देवस्थल मन्दिरमा महाशिवरात्रीको अवसरमा जलार्पण कार्यक्रम

देवस्थल मन्दिरमा महाशिवरात्रीको अवसरमा जलार्पण कार्यक्रम

देवस्थल मन्दिरमा महाशिवरात्रीको अवसरमा जलार्पण कार्यक्रम

देवस्थल मन्दिरमा महाशिवरात्रीको अवसरमा जलार्पण कार्यक्रम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, फाल्गुण १४ २०८१
बुधवार, फाल्गुण १४ २०८१
  • बुटवल । फाल्गुण कृष्ण चतुर्दशीका दिन मनाईने महाशिवरात्री पर्व बुधबार देशभर शिवजीको मुर्तीमा पुजा आराधना गरी मनाईदैछ । सोही अवसरमा देशका विभिन्न मठमन्दिरहरुमा  दर्शनार्थीहरुको भिड लागिरहेको छ । यसै बीच बुटवल – ११ योगीकुटीस्थित देवस्थल मन्दिरमा  महाशिवरात्रकिो अवसरमा बिहानैदेखि दर्शन गर्नेहरुको चहलपहल बढेको छ ।

    _MG_8471.JPG
    देवस्थल मन्दिर सञ्चालक समितिका अध्यक्ष अशोक गुरुङले महाशिवरात्रीको सन्ध्याकालीन समयमा महाआरती, ताण्डव नृत्य, भजनकिर्तन र शिव धुन गरी  बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा  र  गो–स्वामी योगी सोमराजजी महाराजको विशिष्ट आतिथ्यतामा भव्यरुपमा  मनाईने बताए ।


    मन्दिर व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष पुष्पा शर्माले महाशिवरात्रीको महान पर्वमा सबै भक्तजनहरुलाई सहजरुपमा दर्शन गर्ने व्यवस्था भएकोले सबैलाई  अवलोकन गर्न आग्रह गरिन् । खासगरी यस दिन भगवान शिवको आराधना गरी उनको कृपा प्राप्त गर्ने विस्वास लिने भएकाले महाशिवरात्री  पर्वलाई केवल धार्मिक दृष्टिकोणबाट मात्र होइन, बरु साँस्कृतिक र सामाजिक दृष्टिकोणबाट पनि महत्वपूणृ मानिने  मन्दिरका उपाध्यक्ष यदुनाथ पाण्डेले बताए ।

    _MG_8501.JPG
    त्यस्तैगरी मन्दिर व्यवस्थापन समितिका सचिव तथा कार्यक्रम संयोजक कमल नेपालले नेपालबाट महाभारततर्फ प्रस्थान गर्ने मुख्य द्वारका रुपमा  पाँच सय वर्ष भन्दा पनि पुरानो मन्दिर रहेको बताए । उनले महाशिवरात्रीका अवसरमा विहान ४ बजेदेखि मन्दिरमा भक्तजनहरुको घुईचो लागेको र बिहान १० बजेसम्म ५ हजार श्रद्धालु भक्तजनहरुले दर्शन गरेको बताए ।

    _MG_8511.JPG
    सहसचिव  रनमाया चापागाईं,  सञ्चालक समिति सदस्य एकदेव न्यौपाने, मूल्यांकन समिति संयोजक मणि भण्डारी, व्यवस्थापक लक्ष्मी घिमिरेलगायतको सहभागितामा भव्यरुपमा कार्यक्रम गरी महाशिवरात्री  पर्व मनाईदैछ ।

    यसैबीच बुटवल–११ देवीनगरमा लोक सेवाको कक्षा सञ्चबलन गर्दै आएको  चैतन्य एकेडेमीले सोही अवसरमा मन्दिर प्राङगणमा निःशुल्क रुपमा जलपान तथा प्रसाद वितरण गरेको छ ।

    IMG_8478.JPG

    चैतन्य एकेडेमीका बुटवल शाखा प्रमुख दीपक ढकालले बोल्दै व्यवसायसंगै सामाजिक कार्यमा पनि सरिक भएको बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij