बुटवल । बुटवल–११ देवीनगरमा रहेको चैतन्य एकेडेमीले महाशिवरात्रीको अवसरमा निःशुल्क रुपमा जलपान तथा प्रसाद वितरण गरेको छ। बुटवल – ११ योगीकुटीस्थित देवस्थल मन्दिरमा महाशिवरात्रीका अवसरमा एकेडेमीले महाशिवरात्रीको अवसरमा निःशुल्क रुपमा जलपान तथा प्रसाद वितरण गरेको हो ।
एकेडेमीले सोही अवसरमा मन्दिर प्राङगणमा आएका भक्तजनलाई निःशुल्क रुपमा जलपान तथा प्रसाद वितरण गरेको चैतन्य एकेडेमीका बुटवल शाखा प्रमुख दीपक ढकालले बताए । काठमाडौंमा विगत दश वर्षदेखि गुणस्तरीय रूपमा विभिन्न सरकारी सेवाका तयारी कक्षा सञ्चालन गर्दै आएको चैतन्य एकेडेमीले बुटवलमा शाखा सञ्चालन गर्दै आएको छ । लोकसेवाका विभिन्न कक्षाहरु सञ्चालन गर्ने गरी सुरु गरिएको चैतन्यको तेस्रो शाखाको बुटवल देवीनगरमा कक्षाहरु सञ्चालन भईरहेका छन् ।
ऐकेडेमीमा कार्यालय समय भन्दा अगाडि र पछाडि खरिदार, नासु, शाखा अधिकृत र उपसचिव र बैकिङ लगायत क्षेत्रका तयारी कक्षा सञ्चालन भईरहेको ढकालले जानकारी दिए । विद्यार्थीले घर आँगनमै गुणस्तरीय शिक्षा प्राप्त गरेर सरकारी सेवामा प्रवेश गर्न सकुन भनेर बुटवल शाखा खोलिएको बुटवल शाखा प्रमुख दीपक ढकालले बताए ।




