२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

भैरहवामा पैगामे हक कान्फ्रेन्स हुदै, १४ छात्राको दीक्षान्त हुने

भैरहवामा पैगामे हक कान्फ्रेन्स हुदै, १४ छात्राको दीक्षान्त हुने

भैरहवामा पैगामे हक कान्फ्रेन्स हुदै, १४ छात्राको दीक्षान्त हुने

भैरहवामा पैगामे हक कान्फ्रेन्स हुदै, १४ छात्राको दीक्षान्त हुने

भैरहवामा पैगामे हक कान्फ्रेन्स हुदै, १४ छात्राको दीक्षान्त हुने
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
बुधवार, फाल्गुण १४ २०८१
बुधवार, फाल्गुण १४ २०८१
  • भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिका–४, बालापुरमा रहेको दारुल उलूम कादरिया अहले सुन्नत शमसुल उलूमले ८ औं दीक्षान्त कार्यक्रम बिहीबार गर्दैछ । 

    भैरहवाको डाडागाउँस्थित युनिक बैंक्वेटमा छात्राहरु्रको जश्ने रिदाए फजीलत (दीक्षन्त) कै अवसर पारेर धार्मिक सम्मेलन (पैगामे हक कान्फ्रेन्स) गर्न लागिएको हो । 

    २०६६ सालमा स्थापित मदरसामा करिब ४ सय विद्यार्थीहरु अध्ययनरत रहेका छन । कक्षा १२ सम्म अध्यापन हुने मदरसामा यस वर्ष अध्ययन पुरा गरेकी १४ जना छात्राको दीक्षान्त गर्न लागिएको मदरसाका अध्यक्ष मुख्तार अहमदले जानकारी दिए । विहान ९ बजेबाट छात्राहरुको दीक्षान्त कार्यक्रम गरिने छ भने साझ देखि मध्यरात सम्म धार्मिक प्रवचन गरिने उनले भने ।


    दीक्षान्त कार्यक्रम चन्द्रौटा मदरसाकी गुरु सविना सिद्दीका अम्जदीको समुपस्थितीमा हुनेछ भने साझको प्रवचनमा प्रमुख वक्ताको रुपमा भारतको पूर्णिमा विहारका धर्मगुरु मुफती डाक्टर शहरेयार रजा कादरीले सहित विभिन्न तह र अतिथी वल्माहरुबाट प्रवचन हुनेछ । 

    सम्मेलनमा शायरे इस्लाम सरफराज नुरी, ओल्माएकराम, एजाज तशरीफ लगायतको उपस्थित रहने उनले बताए । अध्यक्ष मुक्तारले सम्मेलनमा सहभागी हुनेको जीवनमा राम्रो प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन् ।

    कार्यक्रममा धार्मिक शिक्षामा योगदान पु¥याएका विद्वान्हरूलाई सम्मान गर्ने र धार्मिक ज्ञानको प्रचारप्रसार गर्दै युवाहरूलाई सही मार्गनिर्देशन दिनु रहेको छ । नेपाल सरकारले हाललाई कक्षा ८ सम्मको मात्र स्वीकृति दिए पनि यस मदरसामा कक्षा १ देखि १२ सम्मको अध्ययन भइरहेको प्रिन्सिपल सकिना मन्सुरीले बताइन । उनले यहाँ नेपालकाे मात्रै नभइ भारतका पनि छात्रा विद्यार्थीहरू उच्च शिक्षा अध्ययनका लागि अाउने गरेका छन ।

    आयोजकका अनुसार कार्यक्रममा करिब ३ हजारभन्दा बढी सहभागी हुने अनुमान गरिएको छ । कार्यक्रममा सबै इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई धार्मिक पुण्य (सवाबे दारैन) प्राप्त गर्न आग्रह गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij