२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

४३ औं राष्ट्रिय मगर एकता दिवस मनाइँदै

४३ औं राष्ट्रिय मगर एकता दिवस मनाइँदै

४३ औं राष्ट्रिय मगर एकता दिवस मनाइँदै

४३ औं राष्ट्रिय मगर एकता दिवस मनाइँदै

४३ औं राष्ट्रिय मगर एकता दिवस मनाइँदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, फाल्गुण १५ २०८१
बिहिवार, फाल्गुण १५ २०८१
  • काठमाण्डौ । देशैभरका मगर समुदायले आज ४३ औं राष्ट्रिय मगर एकता दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवम् नेपाल मगर सङ्घको स्थापनाका अवसरमा हरेक वर्ष फागुन १५ गते यो दिवस मनाउने गरिन्छ ।

    मगर बाहुल्य रहेको लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । त्यस्तै नवलपरासी (बर्दघाट सुस्तापूर्व) का विभिन्न ठाउँमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् ।

    विभिन्न कारणले लोपोन्मुख रूपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडालगायत लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगर भाषा तथा सांस्कृतिक, ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी गराउन पनि दिवसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको नेपाल मगर सङ्घका जिल्ला अध्यक्ष भुमबहादुर राई मगरले बताए ।

    राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसङ्ख्या २० लाख १३ हजार ४९८ रहेको छ । यो कुल जनसङ्ख्याको छ दशमलव नौ प्रतिशत हो । दिवसको अवसरमा लुम्बिनी,गण्डकी प्रदेशका विभिन्न जिल्लासहित मगर बाहुल्य भएका विभिन्न स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij