२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

महाकुम्भ मेला समापन, ६६ करोड जनाभन्दा धेरैले स्नान गरे

महाकुम्भ मेला समापन, ६६ करोड जनाभन्दा धेरैले स्नान गरे

महाकुम्भ मेला समापन, ६६ करोड जनाभन्दा धेरैले स्नान गरे

महाकुम्भ मेला समापन, ६६ करोड जनाभन्दा धेरैले स्नान गरे

महाकुम्भ मेला समापन, ६६ करोड जनाभन्दा धेरैले स्नान गरे
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, फाल्गुण १५ २०८१
बिहिवार, फाल्गुण १५ २०८१
  • भारतको उत्तर प्रदेशको प्रयागराजमा ४५ दिनसम्म चलेको महाकुम्भ मेला समापन भएको छ । गएको पुस २९ गते शुरू भएको महाकुम्भ मेला हिजो महाशिवरात्रिको दिन समापन भएको हो । तर श्रद्धालुहरू मेलामा पुग्ने क्रम अझै रोकिएको छैन ।

    महाकुम्भको अवधिभर ६६ करोड जनाभन्दा धेरै मानिसले गङ्गामा स्नान गरेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो सङ्ख्या अमेरिकाको जनसङ्ख्याको तुलनामा झन्डै दोब्बर बढी हो ।

    यस्तै गङ्गामा डुबुल्की लगाउनेको यो सङ्ख्या एक सय ९३ वटा देशको जनसङ्ख्याभन्दा धेरै हो । महाकुम्भको अन्तिम दिन हिजो मात्रै डेढ करोड जनाभन्दा धेरैले स्नान गरेका थिए । उत्तर प्रदेश सरकारले मेलामा ४० करोड जना मानिस सहभागी हुने अनुमान गरेको थियो ।

    कुम्भमेलालाई विश्वकै सबैभन्दा धेरै मानिस जमघट हुने पर्व मानिन्छ । संयुक्त राष्ट्रसङ्घले यो मेलालाई मानव जातिको ‘अमूर्त सम्पदा’ का रूपमा उल्लेख गरेको छ ।

    कुम्भमेला भारतका चार वटा शहरमा हरेक १२ वर्षमा मनाइने गरिन्छ । दुइटा कुम्भमेलाको बीचमा अर्धकुम्भमेला पनि आयोजना गरिन्छ । चारवटै शहरमा कुम्भमेलाको आयोजना हुने भए पनि प्रयागराजमा आयोजित हुनेलाई सबैभन्दा महाकुम्भ मानिन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij