२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सिन्धुपाल्चोक भूकम्प : कहाँ–कहाँ भयो क्षति ?

सिन्धुपाल्चोक भूकम्प : कहाँ–कहाँ भयो क्षति ?

सिन्धुपाल्चोक भूकम्प : कहाँ–कहाँ भयो क्षति ?

सिन्धुपाल्चोक भूकम्प : कहाँ–कहाँ भयो क्षति ?

सिन्धुपाल्चोक भूकम्प : कहाँ–कहाँ भयो क्षति ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, फाल्गुण १६ २०८१
शुक्रवार, फाल्गुण १६ २०८१
  • बुटवल ।जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भूकम्पको क्षति विवरण सङ्कलन कार्य जारी रहेको जनाएको छ । हालसम्म प्राप्त विवरण अनुसार भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी बन्दी घाइते भएका छन् ।  सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार उनको उपचार भइरहेको छ । 


    त्यस्तै इलाका प्रहरी कार्यालय गोदारीको भवन चर्किएको छ । सो कार्यालयमा बस्ने जवानहरू भने सुरक्षित रहेको उनले जानकारी दिए ।  भूकम्पका कारण भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढीमा सुख्खा पहिरो गएको छ । उक्त पहिरोमा मानवीय क्षति भने हुन नपाएको नेपालीले बताए । विपद्पछिको उद्धारलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको टोली  आवश्यकता अनुसार फिल्डमा खटिएको उनले जानकारी दिए । 

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१  म्याग्निच्युडको भूकम्प गएको थियो ।हाल भूकम्पको परकम्प जाने क्रम जारी छ । बिहान ७ बजेर ३५ मिनेट जाँदाससम्म २३ वटा परकम्प गएको केन्द्रले जनाएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij