२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

१८औँ स्थापना दिवसमा रक्तदान र आश्रमलाई सामग्री वितरण

१८औँ स्थापना दिवसमा रक्तदान र आश्रमलाई सामग्री वितरण

१८औँ स्थापना दिवसमा रक्तदान र आश्रमलाई सामग्री वितरण

१८औँ स्थापना दिवसमा रक्तदान र आश्रमलाई सामग्री वितरण

१८औँ स्थापना दिवसमा रक्तदान र आश्रमलाई सामग्री वितरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, फाल्गुण १६ २०८१
शुक्रवार, फाल्गुण १६ २०८१
  • बुटवल  ।  सहयात्री बचत तथा ऋण सहकारी संस्था बुटवलले १८औं स्थापना दिवस फरक ढङ्गले मनाएको छ । 
    सहकारीले स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व भावनाअन्तर्गत फरक क्षमता भएका व्यक्तिहरुलाई स्वास्थ्य लाभको शुभकामनासहित दैनिक प्रयोग हुने सामग्री तथा खाद्यान्न वितरण गरी मनाएको हो  । 


    सहकारीले बुटवल उप–महानगरपालिका वार्ड नं. ११ देवीनगरमा रहेको नेपाल अपाङ्ग आश्रममाफरक क्षमता भएका व्यक्तिहरूलाई उक्त सामाग्री हस्तान्तरण गरेको हो । सहयात्री बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरिबहादुर बोमरेलकोे नेतृत्वमा आश्रम पुगी उक्त सामग्रीहरु हस्तान्तरण गरिएको हो  । 


    आश्रममा रहेका ३७ जना फरक क्षमता भएका व्यक्तिहरु, नेपाल अपाङ्ग आश्रम बुटवलका अध्यक्ष डोरबहादुर रामदाम, सहयात्री सहकारीका अध्यक्ष हरिबहादुर बोमरेल, सचिव हस्तबहादुर हिताङ्ग, कोषाध्यक्ष छवी नेपाली, सह–सचिव रिना नेपाली, सञ्चालक समितिका सदस्यहरु, लेखा समितिका संयोजक तथा सदस्यहरु, विभिन्न उप–समितिका संयोजक, तथा सदस्य, व्यवस्थापक, कर्मचारीलगायतको उपस्थितिमा सामग्री  वितरण  गरेको हो । 


    कार्यक्रममा आश्रमका अध्यक्ष डोरबहादुर रामदामले सहयात्री सहकारीले विगतदेखि नै आश्रममा सहयोग गरिरहेको र यस्तो परोपकारी कामका लागि संस्थालगायत सञ्चालक समिति, शेयर सदस्यलाई धन्यवाद व्यक्त व्यक्त गरेका थिए । 


    त्यस्तै सहकारी संस्थाले १८औं स्थापना दिवसको अवसरमा   रक्तसञ्चार केन्द्र बुटवलमा फागुन १३ गते रक्तदान कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा ४१ जनाले रक्तदान गरेको सहकारीका सचिव हस्तबहादुर हिताङ्गले जानकारी दिए ।  फागुन १४ गते भवन परिसरमा सरफाइ, शुभकामना आदानप्रदान कार्यक्रम, दिर्घरोगी तथा आगोबाट जलन बिरामीलाई आर्थिक सहयोगलगायतका कार्यक्रमहरु गरी स्थापना दिवस सम्पन्न गरिएकोे सहकारीका अध्यक्ष हरिबहादुर बोमरेले जानकारी दिए  ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij