२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

भैरहवामा पहिलो पटक न्यूरो विज्ञान सम्मेलन

भैरहवामा पहिलो पटक न्यूरो विज्ञान सम्मेलन

भैरहवामा पहिलो पटक न्यूरो विज्ञान सम्मेलन

भैरहवामा पहिलो पटक न्यूरो विज्ञान सम्मेलन

भैरहवामा पहिलो पटक न्यूरो विज्ञान सम्मेलन
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
आइतवार, फाल्गुण १८ २०८१
आइतवार, फाल्गुण १८ २०८१
  • भैरहवा ।  लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटी लुम्बिनी प्रदेश र नेपाल पक्षघात संघको आयोजनामा भैरहवामा पहिलो पटक प्रदेश स्तरीय न्यूरोविज्ञान सम्मेलन भएको छ । 

    देश विदेशमा प्रयोगमा भएको चिकित्सा विज्ञान, अनुसन्धान र अपडेटबारे चिकित्सा क्षेत्रमा जानकारी दिने उद्देश्यले भैरहवामा सम्मेलन गरिएको लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष डाक्टर विषणु प्रसाद पौडेलले जानकारी दिए । नेपालमा विभिन्न विषयमा यस्तो सम्मेलनहरु हुने गरेपनि यो क्षेत्र चिकित्सा क्षेत्रमा धेरै फड्को मारेकोले चिकित्सकहरुलाई सहजताका लागि यहाँ सम्मेलन गरिएको उनले भने । 

    DSC01274.JPG
    undefined

    सम्मेलनले मुख्यतया न्यूरो मेडिसिन, न्यूरो सर्जरी, नाक कान घाटी, साइक्याट्री, ग्यास्ट्रो, रेडियोलोजी, आखाँ लगायतको उपचार क्षेत्रमा सहयोग पु¥याउने र यसको छिटो समस्या समाधान गर्नका सहयोगी बनेको कार्यक्रम संयोजक डाक्टर सुवास ज्ञवालीले भने । सम्मेलनमा नेपालका विभिन्न क्षेत्रमा, यस प्रदेशका विभिन्न अस्पताल तथा क्लिनिकहरुमा कार्यरत २ सय बढि डाक्टरहरुको सहभागिता रहेको थियो । यस्तै सम्मेलनमा नेपाल सहित भारत र थाइलैण्ड लगायतको विशेषज्ञ कनसल्टटेन्टहरुले प्रयोग गरेको विषय र पछिल्लो प्रणलीबारे १८ वटा कार्यपत्र प्रस्तुत गरेको कार्यक्रम संयोजक डाक्टर प्रकाश भट्टराईले भने ।

    सोसाइटी गत २ वषै देखि मेडिकलसँग सम्बन्धित रही उपचारमा सहजताका लागि थुप्रै कार्यक्रमहरु गर्दे आएको सासाइटीका महासचिव सरोज थापाले बताए । अहिले विभिन्न क्षेत्रका फिजीसियनहरुलाई केन्द्रित गरि न्यूरो सम्बन्धि कार्यक्रम गरिएको छ । 

    सम्मेलनले नेपाल सरकारले टाउकोको नशा सुकेर हुने समस्याको समाधानका लागि लाग्ने औषधी निशुल्क विभिनन अस्पतालमा दिने व्यवस्था गरेकोमा त्यसको उचित प्रयोग गर्दै भएको ज्ञान सिप सँगै सम्मेलनमा लिएको अनुभव र ज्ञानलाई आप्नो अस्पतालमा गएर प्रयोग गर्नेमा सहजता प्रदान गर्नु रहेको डाक्टर भट्टराईले भने । 

    DSC01279.JPG

    सम्मेलनको पूर्वसन्धयामा नेपालमा पक्षघात सम्बन्धी रोगको अवस्था, उपचार पद्धति, सुधार र समस्या समाधानको विषयमा गोष्ठी समेत गरिएको थियो । नपाल स्ट्रोक एसोसिएसन, नेपाल स्ट्रोक प्रोजेक्ट, बोहरिंगर इन्गेलहाइम तथा लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीको संयुक्त सहयोगमा उक्त गोष्ठी आयोजना गरिएको संस्थाले जानकारी दिएको छ । जस्मा नेपाली डाक्टरहरुलाई स्ट्रोक म्यानेजमेन्ट र त्यसको उपचारको बारेमा नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष डा. लेखजंग थापाले तालिम पश्चातको उपचारले विरामीको नतिजा राम्रो हुने बताए ।

    कार्यक्रममा थाइल्याण्डका इन्टरभेन्सनल न्यूरोलोजिस्ट डा.सुरासक कोमोन्चन, लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीका अध्यक्ष विष्णुप्रसाद पौडेल तथा नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष डा. लेखजंग थापा लगायत विभिन्न जिल्लाबाट करिब ७० जना डा.हरुको सहभागीता रहेको रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij