कृष्ण पोखरेल- पाल्पा । आगलागी बाट घरगोठ जलेर नष्ट भई खुला आकासमुनी बसेका रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ३, भुवनपोखरीको छचुवाका पिडित कुमाल घरपरिवारलाई गाउँपालिकाले आवश्यक राहत सामग्री वितरण गरेको छ । भुवनपोखरी छचुवा कुमालबस्तीमा आगलागी हुदा ६ घरगोठ जलेर पूर्णरुपमा नष्ट भएका थिए ।
आगलागी बाट छचुवाका धन बहादुर कुमाल, पदम बहादुर कुमाल, द्धन्द्ध बहादुर कुमाल, द्धन्द्ध बहादुर कुमालका, हुम बहादुर कुमाल, गोपाल कुमाल र रिता कुमालको घर जलेर नष्ट भएको थिया । आगलागी बाट घरभित्र रहेका अन्नपात, लुगाफाटा, केही नगद रुपैया सहितका महत्वपूर्ण काजजातहरु जलेर नष्ट भएको वडा अध्यक्ष प्रदिप पौडेलले बताए । प्रहरी तथा पालिकाबाट क्षतीको विवरण संकलन गरेर मुचुल्का गरी सिफारिस सहित थप राहतको लागी जिल्ला पठाएको वडा अध्यक्ष पौडेलले बताए ।
आगलागी भएपछी खुला आकास मुनी बस्न बाध्य भएका पिडित परिवारको लागी गाउँपालिकाले घरमै पुगेर आवश्यक राहत सामाग्रीहरु वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष रुक्माङ्खत भट्टराई आगलागी पिडितको घरमै पुगी राहत सामाग्री वितरण गरेका छन ।
आगलागी पिडितहरुको लागी तत्कालको लागी एक एक बोरा चामल, नुन, तेल, दाल तरकारी तथा आवश्यक त्रिपाल लगायतका राहत सामाग्रीहरु वितरण गरेका छन । आगलागी पिडित कुमाल घरपरिवारको लागी गाउँपालिका संगै विभिन्न संघ संस्था तथा व्यक्तिहरुले सक्दो सहयोगले केही राहत मिलेको छ ।
गाउँपालिकाले अहिले तत्काल आवश्यक देखिएका सरसमानहरु सहितको राहत सामाग्री प्रदान गरेका छौ, पछी प्रहरीको मुचुल्का अनुसार क्षतीको आधारमा पालिकाले घर निर्माणको लागी सरसमान देखी रकम समेत उपलब्ध गराउने पालिका अध्यक्ष भट्टराई बताए । आगलागी पिडित घरपरिवारको आर्थिक अवस्था कमजोर भएकोले पालिका संगै अन्य पक्षबाट हुने सहयोगको लागी समन्वय गरिने पालिका अध्यक्ष भट्टराईले बताए ।
आगलागी बाट हाम्रा सबै खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, र घरका अन्य सामान सबै जलेर नष्ट भए । हामी संग खाने अन्न थिएन, ओत लाग्ने त्रिपाल पनि थिएन, दूई चार दिन निकै दुःखले दिन वितायौ , अहिले पालिकाले दिएको राहत सामाग्रीले केही सहयोग मिलेको पिडित पदम बहादुर कुमालले बताए । गर्मी महिना शुरु भएको, हावा हुरीको मौसम भएकोले पालिकाले वडा कार्यालय तथा वडामा रहेका विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय संघ संस्था तथा क्लव, आमा समुह, युवा समुह, वाल क्लव मार्फत आगालागी सम्वन्धी सचेतना अभियान संचालन गर्ने पालिका अध्यक्ष भट्टराईले जानकारी दिए ।




